• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मामाको योजनामा भाञ्जाको घरबाट २ करोड लुटपाट

  • वीरगंज संजाल
  • १२ असार २०८१, मंगलवार १५:४१
  • १२६९

    वीरगंज । भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो । दधिकोटका डिल्ली राउतको घरमा ४ असारमा लुटपाट भएको थियो । मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामा समेत हुन् । राउतको घर भक्तपुरको दधिकोटस्थित एकान्त ठाउँमा छ । डिल्ली युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउने एजेन्टका रुपमा काम गर्छन् । उनका भाइले क्रोएसियामा बसेर भिसा मिलाउने काम गर्थे । भिसा वापत ५ लाख ६८ हजार रुपैयाँ बराबर रकम बुझाउनुपर्ने भन्दै उनीहरुले क्रोएसिया जानेहरुसँग मोटो रकम असुल्थे । उनीहरुका मामा कुलबहादुर पनि क्रोएसिया जान चाहनेहरुलाई भाञ्जा कहाँ पुर्‍याउँथे । उनीहरुसँग भाञ्जाले नगद बुझेको देखेका थिए ।

    विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । भाञ्जासँग नगद रहेको थाहा पाएपछि मामा कुलबहादुरले लुटपाट गराएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कुलबहादुरलाई भने प्रहरीले फेला पार्न सकेको छैन ।

    विदेश पठाउने सिलसिलामै कुलबहादुरको सुजन रसाइलीसँग चिनजान भयो । त्यसपछि डिल्लीले करोडौं रकम घरमै राख्ने गरेको भन्दै कुलबहादुरले लुटपाट गर्ने योजना सुजनलाई सुनाउँछन् । सुजन यसअघि पनि नक्कली सुन देखाएर ठगी गर्ने र अभद्र व्यवहारमा मुद्दा चलेका व्यक्ति हुन् ।

    कुलबहादुरको प्रस्ताव सुजनले भीमलाई सुनाउँछन् । भीममार्फत मुनाराज र कृष्ण पनि जोडिएपछि लुटपाट भएको देखिन्छ । लुटपाट गर्नु अघिल्लो दिन ३ असारमा उनीहरुले डिल्लीको घर आसपासमा गई अवलोकन गरेका थिए । डिल्लीको घर एकान्त ठाउँमा खेतको बीच भागमा छ । भोलिपल्ट ४ असारमा उनीहरुले कौशलटारको रेस्टुरेन्टमा भेटेर लुटपाटको योजना बनाए । लुटपाट गर्न जाँदा प्रयोग गर्ने दुई वटा मोटरसाइकलको नम्बर प्लेट चिन्न नसकिने बनाए । त्यसपछि डिल्लीको घरमा गए ।

    सुजन डिल्लीको घर बाहिर बसेर निगरानी गर्छन् । बाँकी ३ जनाले घरभित्र बसर ‘हामी सीबीआईबाट आएको प्रहरी हौं । अवैध धन्दा चलाएको भन्ने सूचना छ । खानतलासी गर्छौं । यहाँ हस्ताक्षर गर्नुस्’ भन्दै डिल्लीलाई कागज गराए । मामा कुलबहादुरले दराजभित्र पैसा राखिएकोसम्म सूचना दिएका थिए । त्यसैले उनीहरुले दराज खानतलासी गरे । करिब २ करोड रुपैयाँ झोलामा हालेर बाहिरिएको देखिएको एक अनुसन्धाान अधिकृतले सुनाए । चार जना दुई वटा मोटरसाइकलमा भीमको माकलबारीस्थित कोठामा पुगे । भीमकै कोठाबाट करिब आधा रकम डिल्लीका मामा कुलबहादुरले लिएर गए । ‘रकम गन्ने अवस्था भएन, आधा जति रकम कुलबहादुरले बुझेको पक्राउ परेकाहरुले बताएका छन्’, एक अनुसन्धान अधिकृतले भने । बाँकी रहेको रकमबाट सुजनले ३० लाख लिए भने बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले बाँडेको पक्राउ परेकाहरुले स्वीकारेका छन् ।

    रकम बाँडफाँटपछि उनीहरुले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ । सुजन र भीम सुकुटे रिसोर्ट गएर बसेको खुलेको छ । त्यसपछि तातोपानीसम्म पुगेको र त्यहाँबाट फेरि दोलखा गएर बसेका थिए । कालिञ्चोकसम्म पुगेर घुमेर फर्किएका उनीहरु पक्राउ परे । उनीहरुकै सूचनाका आधारमा प्रहरीले कृष्णलाई महाराजगञ्जबाट पक्राउ गर्‍यो । मुनाराजलाई भने ओखलढुंगाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको छ । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । थप ३५ लाख लिएर मामा फरार डिल्लीले दिएको विवरण अनुसार घरमा ३ करोडभन्दा बढी नगद थियो । करिब २ करोड लुटिएको केही समयपछि मामा कुलबहादुर भाञ्जा डिल्लीको घर पुगे ।

    ‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट गर्‍यो भने फसिन्छ’, भन्दै भाञ्जालाई प्रहरीकहाँ जानबाट रोके । अनि लुटपाटको घटनापछि बाँकी रहेको रकम त्यो पनि यहाँ राख्नुहुँदैन भनेर ३५ लाख लिएर गए । बाँकी १ करोड रुपैयाँ भने डिल्लीले एउटा ट्राभल्स एजेन्सीलाई दिए । अनि मामाको सल्लाहअनुसार प्रहरीलाई खबर समेत गरेनन् । तर घटनाको तीन दिनपछि प्रहरीले अरुबाटै सूचना पायो । जिल्ला प्रहरी परिसर, भक्तपुर हुँदै अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थाल्यो । प्रहरीले डिल्लीलाई सोधपुछ गर्दा करिब २ करोड लुटपाट भएको मात्र स्वीकार गरेनन्, मामाले ३५ लाख रुपैयाँ लगेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑