• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशको कुल बजेटको आधी भन्दा बढी एमालेको ४ मन्त्रालयमा

  • वीरगंज संजाल
  • ८ असार २०८१, शुक्रबार १२:१८
  • १३०१

    वीरगञ्ज । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटको आधी भन्दा बढी रकम नेकपा एमालेको भागमा रहेका ४ मन्त्रालयका लागि छुट्याइएको छ ।

    अर्थ मन्त्री भरतप्रसाद साहले सार्वजनिक गरेका कुल बजेट ४३ अर्ब ८९ करोड, २१ लख ७० हजार मध्ये एमालेको भागमा रहेको ४ वटा मन्त्रालयका लागि २३ अर्ब, १९ करोड, ५३ लाख, ०६ हजार बिनियोजन गरिएको छ । यो रकम कुल बजेटको ५२ दशमलव ८४ प्रतिशत रहेको छ ।

    एमालेको भागमा रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा १३ अर्ब , ११ करोड, ५२ लाख ७४ हजार रकम विनियोजन गरिएको छ । एमालेबाट सरकारमा नेतृत्व गरिरहेका संसदीय दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । त्यसैगरि एमालेका शत्रुधन प्रसाद सिंह कोइरी मन्त्री रहेका स्वास्थ्य मन्त्रालयमा ५ अर्ब, २१ करोड, ६५ लाख ६ हजार बजेट छुट्याइएको छ । भौतिक मन्त्रालयपछि सर्वाधिक बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विनियोजन भएको छ ।

    एमालेकै राजकुमार लेखी मन्त्री रहेको शिक्षा तथा संस्कृति मन्त्रालयमा २ अर्ब ९० करोड, ५१ लाख ७६ हजार रकम विनियोजन गरिएको छ । त्यस्तै एमालेको भागमा रहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयका लागि १ अर्ब, ९५ करोड, ८३ लाख, ५० हजार रकम विनियोजन गरिएको छ ।

    खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल यस अघि एमालेबाट शिक्षा मन्त्री रहेका थिए । पर्सा जिल्लाबाट स्वतन्त्र भइ चुनाव जितेका जयसवाल एमालेमा प्रवेश गरे लगतै शिक्षा मन्त्री बनेका थिए । त्यसैगरि नेकपा एसको भागमा रहेको उर्जा , सिँचाई तथा खानेपानी मन्त्रालयका लागि ५ अर्ब, १७ करोड, ९६ लाख, ४२ हजार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब,७९ करोड, १९ लाख विनियोजन गरिएको छ ।

    नेकपा एसबाट बेची लुंगेली उर्जा, सिँचाई तथा खानेपानी मन्त्री छन् । संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने कृषि मन्त्री छन् । जनमत पार्टीको भागमा रहेको वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ४२ करोड,४० लाख, २५ हजार रकम विनियोजन गरिएको छ । संघीय सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गरे पनि सरकार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अनुसार चलिरहेको आरोप लाग्दै आएको छ ।

    मधेश प्रदेशमा पनि सरकारको नेतृत्व जनमत पार्टी सभासद सतीश कुमार सिंहले गरिरहे पनि एमाले संसदीय दलका नेता यादवको नियन्त्रणमा सरकार रहेको आरोप लाग्न थालेको छ । एमालेका नेता, कार्यकर्ताहरुको चाहना अनुसार ४ वटा मन्त्रालयमा योजना राखिएको छ ।

    बजेटबाट एमालेका नेता, कार्यकर्ताहरु सन्तुष्ट देखिएका छन् । तर भौतिक पूर्वाधार मन्त्री यादवले विकास सम्बद्ध मन्त्रालयहरु एमालेको भागमा परेकाले बढी बजेट देखिएको बताए । ‘सत्ता गठबन्धनका दलहरुबीच समन्वय भएरै बजेट आएको छ’ उनले भने, बजेट पार्टीगत आधारमा वितरण भएको छैन ।

    बजेटबाट माओवादीमा असन्तुष्टि रहे पनि जनमत पार्टीले सरकारको नेतृत्व गर्न पाएकोमा नेता, कार्यकर्ताहरु खुशी छन् । उनीहरुले मधेशमा जनता समाजवादी पार्टी(जसपा)लाई संघीय र प्रदेश सरकारबाट विस्थापित गर्न सफल भएको बताउँदै सन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑