वीरगन्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थितमा तीन जना मानिसलाई लागु औषध सहित पक्राउ गरिएको छ। लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेका व्यक्तिहरूलाई रोकेर कानूनी रीतपुर्याई खानतलासी गर्दा प्रतिबन्धित लागु औषध फेला परेको हो।
पक्राउ परेका अभियुक्तहरूमा कास्की पोखरा महानगरपालिका वडा नं. ३ निवासी २० वर्षीय अनुप थापा क्षेत्री, सरोज राना मगर, र बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ निवासी कुशल मगर रहेका छन्। अनुप थापा क्षेत्रीको रातो झोला भित्र लुकाईछिपाई राखिएका डाईजेपाम-४० एम्पुल, फेनारगन-४० एम्पुल, र नुरफिन-४० एम्पुल लागु औषध बरामद गरिएको हो।
अभियुक्तहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ। यस घटनाले लागु औषध ओसारपसारमा संलग्न व्यक्तिहरूको गतिविधि र सुरक्षाको महत्त्वमा प्रकाश पारेको छ। यो गिरफ्तारीले समाजमा लागु औषधको रोकथाममा प्रहरीले गरेको कडा निगरानी र प्रयासलाई दर्शाउँछ।