• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमरा उपमहानगरमा सीपमूलक तालिमपछि आफ्नै व्यवसाय

  • वीरगंज संजाल
  • ३ असार २०८१, आईतवार १२:१०
  • ७९३

    बारा । जीतपुरसिमरा उपमहानगर–१८ का जितेन्द्र चौधरीलाई ब्लक र ईन्टरलक इट्टा बनाउने कामले यतिबेला भ्याईनभ्याइ छ । जीतपुर सिमरा उपमहानगरले दिएको सीपमूलक तालिमपछि चौधरीलाई आफ्नै व्यवसाय सुरु गरेका हुन् ।

    ईन्टरलक इट्टा बनाउने काममा उनले परिवारका सदस्यसँगै अन्य ५-६ जनालाई रोजगारीमा जोडेका छन् । उपमहानगरले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक साताको तालिमपछि चौधरीले आफ्नै उद्योग सुरु गरेका हुन् ।

    अरूको हार्डवेयर पसलमा काम गरेर परिवारको दैनिक गुजारा चलाउने चौधरीलाई तालिमपछि आफ्नै व्यवसायबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

    उपमहानगरको प्राविधिक र उपकरणको सहयोग पाएर सुरु गरेको व्यवसायबाट उनले मासिक सबै खर्च घटाएर ४० देखि ५० हजार बचाउँछन् । ‘पहिल्यै देखि नै मेरो मानसिकता थियो सानो घरेलु उद्योग खोल्ने, पछि उपमहानगरबाट तालिम पाएर धेरै फाइदा भयो’ चौधरीले भने ‘तालिम लिने बित्तिकै उद्योग सञ्चालन गरे अहिले घरपरिवारसँगै ५-६ जनालाई रोजगारी दिएको छु ।’

    ईन्टरलक ईटा र ब्लक स्थानिय बजारमा नै बिक्री हुने गरेको उनको भनाई छ । ‘सुरुमा अलि गाह्रै थियो, ईन्टरलक इट्टाको खासै मार्केट नभएकोले समस्या भएपनि अहिले धेरै राम्रो छ’ चौधरीले भने ।

    ईन्टरलक इट्टा घर तथा कमाउण्ड निर्माणमा प्रयोग हुन्छ । यो अन्य इट्टाको तुलनामा ३० प्रतिशत कम खर्चिलो, प्लास्टर गर्न नपर्ने र जाडो र गर्मीमा कोठाको तापक्रम सन्तुलन राख्ने भएकाले वातावरण मैत्री मानिन्छ ।

    जीतपुर सिमरा उपमहानगर, गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रममा सहजकर्ता दिपनारायण रायले तालिमपछि चौधरीले सुरु गरेको व्यवसायको प्रचारप्रसार तथा बजार व्यवस्थापनमा उपमहानगरले सहयोग गर्दै आएको बताए ।

    ‘हामीले ठाउँ ठाउँमा लगेर प्रचारप्रसार गरिदिने, हार्डवेयर पसलमा नमुना सामानहरू राखिदिने र प्राविधिक मार्फत ईन्टरलक इट्टा प्रयोग गर्दा हुने फाइदाको विषयमा सहयोग गरेका छौँ’ कार्यक्रम सहजकर्ता रायले भने ।

    उपमहानगरले गत वर्षदेखि नयाँ उद्यमी उत्पादन गर्ने र भइरहेका उद्यमीहरूको स्तरोन्नति गर्ने उद्देश्यले सङ्घीय सरकारको शसर्त अनुदानमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    जसअन्तर्गत गतवर्ष लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २१ लाख ६० हजार बजेटबाट ६५ देखि ७० जना नयाँ उद्यमी सिर्जना गरेको उपमहानगरले जनाएको छ ।

    चालु आर्थिक वर्षमा भने यो कार्यक्रमको लागि उपमहानगरले २१ लाख र सङ्घीय सरकारको शसर्त अनुदान अन्तर्गत ८ लाख ६० हजार बजेटबाट पशुपालन, तरकारी खेती, केरा खेती, विद्यालयहरूमा स्कुल ब्याग तथा झोला बनाउने तालिमहरू सञ्चालन भइहरेको छ ।

    कार्यक्रम सहजकर्ता रायले गत वर्ष तालिम लिएकाहरूलाई क्षमता अभिवृद्धि र चालु आर्थिक वर्षमा १५० जना नयाँ उद्यमी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।

    उपमहानगरले बिशेषगरी ग्रामीण भेगका वडाहरूमा पशुपालन तथा कृषि सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑