• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    म्याद सकिन लागेका औषधि खरिद गर्छ नारायणी अस्पताल

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८१, बिहीबार १५:०८
  • ९२९

    वीरगन्ज | वीरगन्जको नारायणी अस्पतालमा औषधि आपूर्ति गर्दै आएको सप्लायर्स कम्पनीले म्याद सकिन नजिक रहेको औषधि आपूर्ति गरेको अस्पतालको फार्मेसीमा भेटिएको छ । अस्पतालमा चालू आर्थिक वर्ष २०८०÷८१ मा औषधि आपूर्ति गर्ने ठेक्का पाएको पर्सा साइन्स कम्पनी, एस.आर सप्लायर्स र साक्षी मेडिकलले अस्पतालमा म्याद सकिन नजिक रहेको औषधि आपूर्ति गरेको पाइएको हो ।

    अस्पतालले खरिद गर्दै आएको औषधिको म्याद सकिन अन्तिम अवस्था पुगेपछि सस्तोमा पाउने गरेको कर्मचारी स्रोतले जनाएको छ । स्रोतका अनुसार करिब ६ महिना म्याद बाँकी रहँदा कर्मचारीको मिलोमतोमा म्याद सकिन नजिकको औषधि खरिद गरिएको हो ।

    अस्पतालको फार्मेसीमा राखिएको ड्रोलाइट नामक औषधिको म्याद सन् २०२४ जुलाई २४ सम्म मात्र रहेको छ । जब कि औषधिको म्याद सक्नुभन्दा तीन महिना अगाडिनै यो औषधि आपूर्ति गर्ने सप्लायर्स कम्पनीले फिर्ता लैजानुपर्ने प्रावधान छ। तर, यो औषिको म्याद अब दुई महिनाभन्दा पनि कम रहेको अवस्था छ ।

    अधिकांश औषधिको म्याद सकिन अब तीन महिनादेखि पाँच महिना मात्र रहेको अवस्थामा फार्मेसीमा देखिएको छ ।
    फार्मेसीमा अहिले डोटाभ ४० को सेप्टेम्बरमा, क्लाइब्याक्ट ३०० को सेप्टेम्बरमा, एरटेन ए को डिसेम्बरमा, जेनोसार ४०० डिसेम्बरमा र स्पारोलक १२५ को अगस्टमा म्यादमा सकिन थालेको छ ।

    अस्पतालको फार्मेसीमा करिब ६ महिनादेखि ९ महिनाकोमात्र म्याद भएको औषधि खरिद गर्न थालिएको अस्पतालका कर्मचारीले बताए । उनीहरूका अनुसार अस्पतालमा केही कर्मचारीहरूले कमिसनको चक्करमा औषधि सप्लायर्स कम्पनीसँग मिलेर आर्थिक मिलोमतो गर्ने गरेका छन् । यस्तै, अस्पताल डायलाइसिस गर्ने समयमा प्रयोग हुने केमिकल पनि स्टोर शाखामा राखिएको अवस्था छ ।

    स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अधिकांश औषधि अहिले पनि जताजतै फालिएको छ । डायलाइसिसमा प्रयोग गर्ने केमिकलमा पनि आफैँ हातले लेखेर औषधिको म्याद थप गरिएको छ । अस्पतालको स्टोर शाखाका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ मा औषधि आपूर्ति गर्न साक्षी मेडिकलले एक लाख १८ हजार नौ सय ९५ रकमबराबरको, एसआर सप्लायर्सले १५ हजार एक सय ५० हजार रकमबराबरको र पर्सा साइन्स कम्पनीले पहिलो चरणमा १२ लाख ९४ हजार चार सय ४२ रुपैयाँमा ठेक्का साकार गरेको थियो । यस्तै, दोस्रो चरणमा पनि पर्सा साइन्स कम्पनीले ६३ लाख ७४ हजार तीन सय ७५ रकमको ठेक्का पाएको हो ।

    आवश्यक औषधि फार्मेसीमा पाउँदैनन् बिरामी
    सरकारले आधारभूत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार आधारभूत अस्पताल÷प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला र प्रादेशिक अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था छ ।

    तर, सरकारले निःशुल्क दिने ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा पाइँदैन, बिरामीले किन्नुपर्छ । अहिले दिनहुँ नारायणी अस्पतालमा पुगेका बिरामी औषधि नपाएर फर्किएको धेरै उदाहरण छन् । बुधबार अस्पतालमा उपचारका लागि पुगेका वीरगन्जका श्यामप्रसाद साहले अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको अवस्था रहेको बताए ।

    उनले अस्पतालको स्टोरमा औषधि राख्ने, तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑