वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वाड नम्बर १ पिडारी नजिकै ओरिया खोलामा मगलबार गाडिएको अवस्थामा फेला परेका २ शवको पहिचान खुलेको छ ।
एउता शव बाराको कलैया उपमहानगरपालिका वाड नम्बर ६ का ६० वर्षीया रामएकवाल पडित कुम्हालको र अर्को शव बाराकै आर्दशकोतवाल गाउँपालिका वाड नम्बर ७ घर भई कलेयामा बस्दै आएका ४० वर्षीया ठाकुर लोहारको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी श्रोतले जनाएको हो।
दुवै शवको वीरगञ्जस्थित नारायणी अस्पतालमा परीक्षण गरी सकिएको प्रहरीले जनाएको छ । जगरनाथपुर गाउँपालिका वाड नम्बर १ पिडारी नजिकै विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल–भारत सीमा दशगजामा ती शव गाडिएको अवस्थामा फेला परेको थियो ।
सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले मंगलबार ती शव गाडेको स्थानमा स्यालले खोतलेको अवस्थामा फेला पारेका थिए ।