• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्यमन्त्री यादवबाट पूर्वस्वास्थ्यमन्त्री थापासँग छलफल

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८१, मंगलवार ११:२८
  • ९४१

    वीरगंज | स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र पूर्वस्वास्थ्यमन्त्री गगन थापाबीच भेटवार्ता भएको छ।

    स्वास्थ्य मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा मन्त्री यादव र पूर्वमन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको छ।

    स्वास्थ्यमन्त्री यादवको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा पूर्वमन्त्री थापाले मन्त्रालय चलाउँदाको अनुभव सुनाउँदै सुधार तथा प्राथमिकता दिनुपर्ने विषयका बारेमा जानकारी दिएका थिए।

    कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले विशेष गरी स्वास्थ्य बिमा कार्यक्रमको सुधार, जनशक्ति व्यवस्थापन र थप स्वास्थ्य सेवा प्रवाह र गुणस्तरलगायतका विषयमा बढी नै चासो दिएर छलफल गरेको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ।

    ‘समग्र स्वास्थ्य क्षेत्रको सुधारसहित समसामयिक विषयमा छलफल भएको छ, धेरैजसो स्वास्थ्य बिमा, जनशक्ति र गुणस्तरका वियषमा छलफल केन्द्रित भयो,’ मन्त्री यादवको सचिवालयले भन्यो।

    छलफलमा मन्त्री यादवले पूर्वस्वास्थ्यमन्त्री थापाको पालामा आएको स्वास्थ्य बिमा ऐन कार्यान्वयनका विषयमा भइरहेको चुनौती र समस्याका विषय र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव मागेका थिए। पूर्वमन्त्री थापाले ऐन कार्यान्वयमा भएका धेरैजसो विषय सहजै र केही सरकारी प्रतिबद्ताअनुसार कार्यान्वयनमा जान सकिने साथै फरक दल भए पनि आफूहरू उक्त ऐन कार्यान्वयनका लागि पूर्ण रूपमा सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए।

    यस्तै, छलफलमा थापाका पालामा भएका राम्रा र सुधारका कामलाई आफूले निरन्तरता दिँदै जाने प्रतिबद्धता पनि मन्त्री यादवले गरेको सचिवालयले जनाएको छ।

    पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य सेवाको सुधार र विकासका लागि मन्त्रालयमा यसअघि भएका अध्ययन र प्रतिवेदनहरू त्यसै बसिरहेकाले ती प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्दै जाँदा पनि थुप्रै सुधार ल्याउन सकिने जानकारी दिएका थिए।

    यसका साथै मन्त्री यादवले स्वास्थ्य बिमा, जनशक्ति, औषधि, अस्पतालहरूको सेवा प्रवाहको सुधारसहित गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा आफूले प्राथमिकता दिँदै काम अगाडि बढाएकाले यी विषयमा पूर्वमन्त्री थापासँग थप सुझावसमेत माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑