पर्सा । पर्साको ठोरी नाकामा भारतीय पर्यटकसंग नेपालका सुरक्षाकर्मीको व्यवहार सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।भरतपुर भम्रण बर्ष २०२४ अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाले ठोरीको ठोरी जंगल रिसोर्टमा शनिबार आयोजना गरेको दुई देशीय पर्यटन प्रबधर्धन सम्बन्धी अन्तरकृयामा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
ठोरी नाका हुदै नेपाल घुम्न आउने भारतीय पर्यटकसंग नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँचको बहानामा अहिलेपनि अनावश्यक सास्ती दिदैं आएकोले त्यसबाट भारतीय पर्यटक हतोत्साहित भइरहेको उनिहरुले बताए ।
कार्यक्रममा सहभागी भारत बिहारका आसिन हुसेनले ठोरी नाकामा भारतीय पर्यटकका सवारीको नेपाल प्रवेशलाई अझ सहज बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘जसरी भारतको ताजमहल विश्वको सातौ अजुबा हो त्यस्तै भारतका लागि नेपाल सातौ अजुबा देश हो ।भारतीयहरु नेपाल घुम्न ललायीत हुन्छन् ।तर नाकामा भारतीय सवारीको प्रवेशलाई अझ सहज बनाउनु पर्छ ।’
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपाल घुम्न आउने भारतीय पर्यटकसंग नाकामा नेपाली सुरक्षाकर्मीबाट असहज व्यवहार रोक्नुपर्नेमा जोड दिए । उनले भने,‘ नाकामा भारतीय पर्यटकलाई प्रहरी प्रशासनले अनावश्यक झण्झट दिनु भएन ।उनिहरुलाई हतोत्साहित गरिदिनु भएन ।’
नेपालमा भारतीय पर्यटकको संख्या अझ बढाउन हो भने नेपालमा भारतीय पर्यटकका सवारी प्रवेशको भन्सार निःशुल्क बनाउनुपर्ने सुझावपनि उनले दिए । उनले भने,‘अहिले भारतीय हलुका सवारीको भन्सार राजश्व प्रति दिनको ७६५ रुपैयाँ छ । यदि त्यो शुल्क हटाइ दिने हो भने नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या अझ बढ्नेछ । साथैै उनिहरुको नेपाल बसाईपनि लम्बिनेछ। यसतर्फ सबैको ध्याान पुग्न जरुरी छ।’
ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी नाकामा नेपाली सुरक्षाकर्मीले भारतीय पर्यटकलाई अहिलेपनि अनावश्यक दुःख दिइरहेको गुनासो सुनाए । उनले भने,‘ हुन त पहिलेभभन्दा अहिले त्यो क्रम केहि कम भएको छ । तर अअझैपनि त्यो समस्या केहि हदसम्म छदैंछ । यदि नाकामा नेपाली ससुरक्षाकर्मीको सहयोग रहेन भने जतिसुकै अभियान चलाएपनि , प्रचार प्रसार गरेपनि भ्रमण बर्षको नारा नारामा मात्रै सिमित हुन्छ।’
चितवन माडीका श्रीप्रसाद दवाडीले नाकामा भन्सार रााजश्व तिरेर प्रवेश गरेका भारतीय पर्यटकका सवारीलाई नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको पोष्टमा चेकजाँचका नाममा नरोकेर सिधै गन्तव्यसम्म सहज रुपमा जान दिनुपर्ने सुझाव दिए ।वीरगन्जका पत्रकार राधेश्याम पटेलले ठोरी नाकामा भारतीय पर्यटकलाई लक्षित गरेर मुद्रा सटही केन्द्र (मनि एक्स्चचेञ्ज सेन्टर) स्थापना गर्नुपर्ने सुझाव दिए ।
भरतपुर भ्रमण बर्ष २०२४ लाई सफल पार्न ठोरीदेखि माडी पुग्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलको कच्ची बाटोको स्तरोन्नत्तीपनि गर्नु पर्ने कार्यक्रममा सहभागीहरुले सुझाव दिए ।
ठोरीदेखि माडी पुग्ने निकुञ्जभित्रको १८ किलोमिटरको सडकको दूरावस्थाले सास्ती भइरहेकाले त्यसलई मर्मत सम्भार गरेर स्तरोन्नत्ती गरेमा ठोरी नाका हुदैं नेपाल भित्रिने भारतीय पर्यटकको संख्या अझ बढ्ने उनिहरुले बताए ।
कार्यक्रममा भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुबेदीले पर्यटनको दृष्टिले नेपालको लागि प्रमुख बजार भारत भएको बताए । उनले भने,‘भारतको बजारसम्म पुग्नका लागि सबैभन्दा राम्रो नाका ठोरी नै हो ।त्यसका कारण भरतपुर,माडी र ठोरीलाई बिहारको पश्चिम चम्पारणसंग जोड्नैपर्छ।’सुबेदीले तेश्रो मुलुकका पर्यटकका लागि ठोरी नाकामै एराइभल भिसा दिने व्यवस्था मिलाउन सके भरतपुरमा बाह्य पर्यटकको संख्या बढ्ने प्रचुर सम्भावना रहेको धारणा राखे ।
कार्यक्रममा सहभागीहरुको धारणा र सुझाव सुनेपछि माडी नगरपालिकाकी मेयर ताराकाजी महत्तोले ठोरी नाकामा सुरक्षाकर्र्मीबाट चेकजाँचका नाममा सास्ती दिने काम भइरहेको गुनासो भारतीय पर्यटकहरुबाट आइरहेको बताइन् । उनले भने,‘निकुञ्ज छिर्ने र निस्किने सेनाको पोष्टमापनि भारतीय पर्यटकसंग असहज व्यवहार भइरहेको भन्ने गुनासोेपनि आएकाो छ।’ ठोरीदेखि माडी पुग्ने निकुञ्जभित्रको कच्ची सडकले ठोरी र माडीका जनतासंगै भारतीय पर्यटकलाईपनि समस्या भइरहेकाले त्यसको स्तरोन्नत्तीका लागि संघ र प्रदेश सरकारसंग पहल गरिरहेको सुनाइन् ।
भरतपुर महाानगरपालिकाकी मेयर रेणु दाहालले पर्साको ठोरी नाका त्रिदेशीय नाकाका रुपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताइन् ।
ठोरी नाकामा भारतीय पर्यटकसंग नेपाली सुरक्षाकर्मीबाट भइरहेका असहज व्यवहारलाई कम गर्न आवश्यक रहेको भन्दै उनले सहज बनिदिन कार्यक्रममा सहभागी पर्साका सुरक्षा प्रमुखहरुलाई आग्रहपनि गरिन् ।
मेयर दाहालले निकुञ्जभित्रको सडकको स्तरोन्नत्ती तत्कालै आवश्यक रहेको बताउँदै यसका लागि संघ र प्रदेश सरकारलाई आग्रह गर्ने बताइन् । उनले भने,‘केहि गरी भएन भने भरतपुर, माडी र ठोरी नगरपालिका मिलेर भएपनि जंगलभित्रको बाटोको दूरावस्था हटाउछौं ।’
बागमती प्रदेशका प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले ठोरी नाकामा भारतीय पर्यटकसंग देखिएका समस्या सम्बोधन गर्न आँफुले सम्बन्धित सरकारी निकायममा पहल गर्ने आश्वासन दिए । उनले भने,‘मुख्य समस्या जंगलभित्रको बाटोको देखिएको छ । त्यसलाई छिट्टै सम्बोधन गरिनेछ ।’
भरतपुर महानगरकी मेयर दाहालको अध्यक्षतामा भएको काार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना,वाणिज्यदूत सतिष कुमार,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरक्षिक राधेश्याम धिमाल,माडी नगरपालिकाका उपमेयर खेमराज महत्तो, ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, नेपाल होटल व्यवसायी महासंघ चितवनका अध्यक्ष दिनेश कुमार चुके,पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर अचार्य लगायतकोपनि सहभागीता थियो ।