। अञ्जिर पोषक तत्वले भरिपूर्ण फल हो । यो फल हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । तर यसको पानीको खानु विशेष फाइदाजनक मानिन्छ ।
यसको पानीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स र फाइबर पाइन्छ, जसले हाम्रो स्वास्थ्यलाई धेरै तरिकाले सुधार्न सक्छ । अञ्जिरलाई पानीमा भिजाएर सो पानीको सेवन गर्नु स्वास्थ्यका लागि कुनै वरदान भन्दा कम छैन । अञ्जीरको पानी खाँदा हाम्रो शरीरमा के के फाइदा हुन्छ भन्नेबारे के तपाईँलाई थाहा छ ?
सुकेको केही अञ्जिरलाई रातभर पानीमा भिजाउनुस् । बिहान उठ्ने बित्तिकै यो पानी पिउनुहोस् । भिजेको अञ्जिर पनि खान सकिन्छ । यसको नियमित सेवन गर्नाले अनगिन्ती फाइदा मिल्छ । अञ्जीरको पानी पिउनाले तपाईस्वास्थ्यमा सुधार ल्याउनुका साथै धेरै रोगबाट बच्न सकिन्छ । आफ्नो दैनिक दिनचर्यामा समावेश गर्न सक्ने यो एक प्राकृतिक र सुरक्षित उपाय हो ।
आजको यस लेखमा हामीहरू अञ्जीरको पानी खाँदा हुने लाभबारे कुराकानी गर्न गइरहेका छौं ।
१. पाचन प्रणालीको लागि लाभदायक
अञ्जिरमा उच्च फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसलाई भिजाएर सो पानी पिउँदा कब्जियत, अपच र पेट फुल्नेजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउँछ र आन्द्राको स्वास्थ्यमा सुधार गर्छ ।
२. तौल घटाउन सहयोगी
अञ्जीरको पानीमा कम क्यालोरी हुन्छ भने प्रशस्त फाइबर हुन्छ । यसले लामो समयसम्म पेट अघाएको महसुस हुन्छ अनि भोक पनि कम हुन्छ । यसले तौल घटाउने प्रक्रियालाई गति दिन्छ र मोटोपना नियन्त्रण गर्न मद्दत गर्छ ।
३. मुटुको स्वास्थ्यको लागि
अञ्जीरको पानीमा पोटासियम र म्याग्नेसियम जस्ता आवश्यक खनिज तत्वहरू पाइन्छ, जसले मुटुको स्वास्थ्यलाई सुधार गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न र हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ ।
४. छालाको लागि
अञ्जीरको पानीमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले छालालाई स्वस्थ र चम्किलो बनाउँछ । यसले बुढ्यौलीका कारण छालामा देखिने असरहरूलाई कम गर्न सक्छ र डन्डीफोर र सुख्खापनलगायत छालाको हटाउन मद्दत गर्छ ।
५. हड्डीको लागि
अञ्जीरको पानीमा क्याल्सियम र फस्फोरस प्रचुर मात्रामा पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसले हड्डीको घनत्व बढाउँछ र ओस्टियोपोरोसिस जस्ता रोगहरूबाट बचाउँछ ।
६. प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
अञ्जीरको पानीमा भिटामिन सी र अन्य पोषक तत्वहरू पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले शरीरलाई संक्रमण र रोगहरूसँग लड्न र सामान्य स्वास्थ्य सुधार गर्न मद्दत पनि गर्छ ।
७. ब्लड सुगर नियन्त्रण गर्छ
अञ्जीरको पानीमा प्राकृतिक चिनी हुन्छ । यो बिस्तारै अवशोषित हुन्छ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यो मधुमेह रोगीहरुको लागि लाभदायक हुन सक्छ ।
८. तनाव र डिप्रेसन कम गर्दछ
अञ्जीरको पानीमा म्याग्नेसियम हुन्छ, जुन मानसिक स्वास्थ्यका लागि आवश्यक हुन्छ । यसले तनाव र डिप्रेसन कम गर्न मद्दत गर्दछ र मस्तिष्कको कार्यमा सुधार गर्दछ ।
९. रक्त सञ्चार सुधार्छ
अञ्जीरको पानीले रक्तसञ्चार सुधार्न मद्दत गर्छ । यसमा आइरन हुन्छ, जसले हेमोग्लोबिन बढाउँछ र रगत शुद्ध गर्न मद्दत गर्छ ।