वीरगन्ज । वीरगन्जको गन्जको घण्टाघर चोकमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १०३ जनाले लाभ लिएका छन् ।
हेल्प टुगेदर फाउन्डेशनको आयोजनामा भएको आँखा तथा दाँत जाँच शिविरमा महिला र पुरुष गरी १०३ जनाले लाभ लिएका हुन् । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए ।यस्तै शिविरमा निःशुुल्क औषधिपनि वितरण गरिएको थियो ।
ऋषु कुमार बर्माको अध्यक्षतामा भएको शिविरमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, वीरगन्ज सामुदायिक अस्पतालका सञ्चालक महेशसिंह धामी, हरिन्द्र साह,अखिलेश साह ,ओम बर्णवाल ,विनित कुमार बर्मा,आशिष रौनियार,आँचल यादव,प्रिया साह,अनन्या यादव,नेहा साह लगायतकोपनि सहभागीता थियो ।