• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८१, आईतवार ०९:०५
  • १०१३

    वीरगंज | सुदूरपश्चिम प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्न थालेको छ । अस्पतालमा जनशक्तिसँगै विभिन्न स्वास्थ्य उपकरण थपिन थालेका छन् । अस्पतालले गत आइतबारबाटै एमआरआई सेवा सुरु गरेको छ ।

    संघ र सुदूरपश्चिम प्रदेश सरकारको करिब १६ करोड रुपैयाँ लागतमा एमआरआई उपकरण खरिद गरिएको अस्पतालले जनाएको छ । करिब डेढ वर्षअघि अस्पतालले सिटिस्क्यान सेवा सञ्चालन गरेको थियो । सेती प्रादेशिक अस्पतालका प्रमुख डा. शेरबहादुर कमरले आधुनिक प्रविधिको उपकरणसहित एमआरआई सेवा सुरु भएपछि यस क्षेत्रका बिरामी लाभान्वित हुने बताए ।

    सुदूरपश्चिमका अन्य सरकारी अस्पतालमा एमआरआई सेवा छैन । बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर भएका बिरामीले महँगो शुल्क तिरेर एमआरआई गर्न नसक्दा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । सेतीमा एमआरआई सेवा सुरु भएसँगै निजी अस्पतालमा चर्को शुल्क तिर्नुुुपर्ने बाध्यता हट्नुका साथै बिरामीले सहुलियत मूल्यमा सेवा पाउनेछन् ।

    स्वास्थ्य बिमा गराएका सेवाग्राहीले पनि बिमातर्फबाट यो सेवा लिन सक्ने व्यवस्था गरिएको डा. कमरले जानकारी दिए । ‘सुदूरपश्चिममा पहिलोपटक सरकारी अस्पतालमा आधुनिक प्रविधियुक्त एमआरआई सेवा सुरु गरेका छौँ, एमआरआई गर्नुपर्ने बिरामीले अन्यत्र जानुपर्ने बाध्यता अब हटेको छ,’ कमरले भने, ‘यो सेवाबाट धेरै बिरामी लाभान्वित हुनेछन्, शुल्क पनि बाहिरको भन्दा ५०–६० प्रतिशत कम पर्छ ।’

    शरीरमा लागेको चोटपटक, क्यान्सर, स्नायु, टाउकोलगायत विभिन्न अंगको अवस्था पत्ता लगाउन सजिलो हुने अस्पतालले जनाएको छ । आगामी आर्थिक वर्षमा एमआरआईको रिपोर्ट हेर्ने थप विशेषज्ञ जनशक्तिको व्यवस्थापन गरेर सेवा सहज बनाउने अस्पतालको तयारी छ ।

    अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान सेवा सुरु भएको डेढ वर्षको अवधिमा करिब आठ हजार बिरामीले यो सेवा लिएका छन् । सिटी स्क्यान सेवा पनि निजीमा भन्दा ५०–६० प्रतिशतसम्म सस्तो रहेको अस्पतालको दाबी छ ।

    प्रदेशभरिका सरकारी अस्पतालमध्ये तुलनात्मक रूपमा सुविधासम्पन्न मानिने सेतीमा सरकारीतर्फ ५० शय्या र विकास समितितर्फ ७५ गरी एक सय २५ शय्याको अनुमति छ । तर, अस्पतालले बिरामीको चापलाई ध्यानमा राखेर तीन सय शय्या सञ्चालन गरिरहेको छ । बिरामीको चापअनुसार जनशक्ति र पूर्वाधारको कमी रहेको डा. कमरले बताए । सेतीमा डायलाइसिस सेवा पनि सञ्चालनमा छ । प्रदेश सरकारमातहतको यो अस्पताललाई स्तरोन्नति गर्नुपर्ने माग उठ्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले सेतीलाई तीन सय शय्याको अस्पतालमा स्तरोन्नतिका लागि पहल भइरहेको बताए । उनले सेवा विस्तार र सुधारलाई प्राथमिकतामा राखिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑