वीरगञ्ज । मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले अहिले शुक्रबार बिहान ७ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गर्दैछन् ।
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले चार घन्टाअघि सामाजिक सञ्जाल फेसबुकमार्फत सो जानकारी दिएका हुन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि आज शुक्रबार बिहान १० बजेको समय सीमाभित्र दाबी पेस गर्न आह्वान गरेकी छिन् ।
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहका अनुसार आज बिहान ११ बजे नै मधेश भवनस्थित कभर्ड हलमा शपथग्रहण हुनेछ ।