• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छपकैयामा पुर्ननिर्माण गरिएको गिरिजा कोइरलाको शालीकको अनावरण असार १८ गते गरिने

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८१, बुधबार १४:५१
  • ७८९

    वीरगन्ज | वीरगन्ज-२ छपकैयास्थित ईदगाह चोकमा पुनर्निर्माण गरिएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालीकको अनावरण आगामी असार १८ गते गरिने भएको छ।

    गत सोमबार वीरगन्जमा बसेको जिपी कोइराला फाउण्डेशनको बैठकले गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको दिन शालीकको अनावरण गर्ने निर्णय गरेको हो। बैठकले शालीक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता शशांक कोइराला र महामन्त्री गगन थापालाई बोलाउने निर्णय पनि गरेको छ। फाउण्डेशनका सदस्य मनोहर साहले यसबारे जानकारी दिएका छन्।

    असार १८ गते हुने शालीक अनावरण कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरू गठन गरिएको छ। फाउण्डेशनका मधेस प्रदेश संयोजक महम्मद साहबुद्धिनको संयोजकत्वमा २१ सदस्यीय मूल समिति गठन गरिएको छ। साथै, मञ्च व्यवस्थापन समिति, प्रचार प्रसार समिति, स्वयंसेवक परिचालन तथा सुरक्षा समिति पनि गठन गरिएको साहले बताए।

    वीरगन्जमा ९ वर्षपहिले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरूले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालीक पुनः निर्माण गरेर स्थापना गरिएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर २, छपकैयाको ईदगाह चोकमा जिपी कोइराला फाउण्डेशनले स्थापना गरेको नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका स्व. कोइरालाको शालीक मधेस आन्दोलनमा २०७२ भदौ १५ गतेका दिन आन्दोलनकारीहरूले तोडफोड गरेर भत्काई दिएका थिए।

    त्यही स्थानमा अहिले पुनः स्व. कोइरालाको पूर्ण कदको नयाँ शालीक निर्माण गरी स्थापना गरिएको हो। फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनका अनुसार, मधेस प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट ईदगाह चोकमा स्व. कोइरालाको पूर्ण कदको नयाँ शालीक निर्माण गरी स्थापना गरिएको हो। प्राप्त कुल १६ लाख रुपैयाँ बजेटमध्ये ११ लाख रुपैयाँ शालीक खरिदमा खर्च गरिएको र बाँकी ५ लाख रुपैयाँ शालीक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको जानकारी दिएका छन्।

    यो पुनर्निर्माण कार्यले मधेस आन्दोलनका बेला भत्किएको शालीकलाई पुनःस्थापित गर्दै वीरगन्जको इतिहासलाई पुनर्जीवित गर्न मद्दत पुर्याएको छ। गिरिजाप्रसाद कोइरालाको योगदानलाई स्मरण गर्दै यो शालीकले वीरगन्जबासीहरूमा गर्व र सम्मानको भावनालाई जगाउने छ। यस पुनर्निर्माण कार्यले कोइरालाको स्मृतिलाई जोगाई राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

    यो कार्यक्रमले वीरगन्जमा राजनीतिक, सामाजिक र सांस्कृतिक महत्त्वलाई पनि उजागर गर्ने छ। स्थानीय बासिन्दाहरूका लागि यो एक विशेष अवसर हुनेछ जसले इतिहासको एक महत्वपूर्ण पृष्ठलाई पुनर्जीवित गर्दै नयाँ पुस्तालाई प्रेरित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑