• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व वातावरण दिवस

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८१, बुधबार ०९:०७
  • १२६५

    वीरगंज | हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ । हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भन्नुभएको छ, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।” साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उहाँले औँल्याउनुभएको छ ।

    देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।”वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको पाइएको छ ।
    सफाइ र स्वच्छता चुनौती वातावरण सफा राख्नु भनेको वरिपरि सफा राख्नु र हावाको स्वच्छ पार्नु हो भन्ने सबैलाई थाहा भएकै कुरा रहेको विभागका महानिर्देशक भूपाल बराल बताउनुहुन्छ । उहाँका अनुसार विभागले पनि वातावरण संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गरेर वातावरण शिक्षा विद्यालय तहसम्म पु¥याउन सघाइरहेको छ तर वातावरण संरक्षण मानिसको जीवनसँग अत्यन्त जोडिएको छ ।

    त्यसैले यो स्वच्छता हाम्रा लागि जरुरी हो भन्ने विषय नबुझेको पाइएको उहाँ औँल्याउनुहुन्छ । उहाँले भन्नुभए जस्तै वन, वातावरण संरक्षणसँगै पछिल्लो समय जलवायु परिवर्तनलगायतका विषयका सैद्धान्तिक ज्ञान विद्यालय शिक्षाका पाठ्यक्रममा छ । त्यही पढेर फोहोर गर्नु हुँदैन, रुख रोप्नु पर्छ, जलवायु परिवर्तनले असर पारिररहेको छ भन्ने जस्ता कुरा नयाँ पुस्ताका बालबालिकासहित सबैले पढेरै थाहा पाइरहेका देखिन्छन् । त्यसको व्यावहारिक उपयोगको पाटोमा भने ज्ञान दिने र लिने दुवैथरी कमजोर रहेको उहाँले स्वीकार गर्नुभयो । महानिर्देशक बरालले भन्नुभयो, “जहाँ पायो त्यहीँ फोहोर फाल्नु हुन्न, नदीमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी नभएर फालेका हैनन्, फालेर केही हुन्छ र भन्ने अर्को अज्ञानता जानी जानी अँगालिरहेका छन् ।” सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा आत्मसात् गर्न व्यक्ति, घरपरिवार र समुदायले नसकेको दाबी उहाँ गर्नुहुन्छ ।

    उहाँले जस्तै वातावरण निरीक्षक गोविन्द लामिछानेले पनि वातावरण भनेर अभौतिक हावा, पृथ्वी, पानी आदिसँग मात्र बढी जोडिने गरेको पाइएको बताउनुभयो । वातावरण शिक्षाको सैद्धान्तिक ज्ञानले फोहोर वा प्रदूषणले तिनै तत्वमा बढी असर गर्छ भनेर जोड दिने गरिएको छ । उहाँ भन्नुहुन्छ, “वातावरण भनेको मानिसको जीवन र जीविकासँग जोडेर हेर्नु पर्छ र त्यही अनुसार असर पर्छ भनेर सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनु जरुरी छ ।” जुन हुन सकेको पाइँदैन ।
    सैद्धान्तिक ज्ञान पढेको धेरै वर्षपछि आफ्नो जीवन र समाजमा असर परेपछि मानिसले बल्ल बुझ्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । वातावरण शिक्षा प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक सिकाइको अभ्यासलाई सामेल गर्न जरुरी भइसकेको उहाँले बताउनुभयो । धुवाँले कसरी फोक्सोमा असर गर्छ, रोग लाग्छ र ज्यान लिन्छ भन्ने तत्कालै सिकाउनु पर्छ । नदीमा फोहोर फाल्दा त्यही पानी कसरी घरको धारासम्म आइपुग्छ र मानव स्वास्थ्यमा असर पर्छ भन्ने पनि सिकाउनु पर्छ । वातावरण प्रदूषण र मानव जीवन एक सिक्काका दुई पाटा हुन् । एउटा दूषित भयो भने अर्को पनि दूषित हुन्छ भन्ने हेक्का समुदायमा पुग्न नसकेको उहाँले बताउनुभयो । महानिर्देशक बरालले थप्नुभयो, “आफैँबाट सुरु गरौँ भनेर तल्लो समुदायमा जोडिएका संस्थामा टोल, समुदाय, विद्यार्थीलाई थप क्रियाकलाप देखायो भने पक्कै व्यवहारमा आउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑