वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । शुक्रवार राति १२ बजेदेखि लागु हुने गरी आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट शुक्रवार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ
तर, नेपाल सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागु गरेकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।