• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले खानेपानीमा कर लगाउने

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०८१, शनिबार १०:४२
  • १५३७

    वीरगञ्ज । सरकारले खानेपानी उपभोक्ता समितिलाई कर लगाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक विधेयकले खानेपानी उपभोक्ता समितिबाट कर असुल गर्ने बाटो खोलेको हो । पछिल्लो समय संघीय खानेपानी मन्त्रालय र प्रदेश मन्त्रालयबाट निर्माण भएका खानेपानी योजनाहरु व्यवस्थापन स्थानीय स्तरमा गठन हुने खानेपानी उपभोक्ता समितिले गर्दै आएको छन् । आफूलाई समाजवादी भन्न रुचाउने कम्युनिष्ट पार्टीहरुको सरकार रहेको समयमा खानेपानी उपभोक्ता समितिलाई कर छुट हुने सूचीबाट हटाउँदै सरकारले कर असुल गर्ने बाटो खोलेको हो । आयकर ऐनको दफा १० मा करछुट हुने विभिन्न विषय उल्लेख छन् । अर्थमन्त्री पुनले आर्थिक ऐन २०८१ मार्फत ऐनको दफा १० को खण्ड ट हटाएका छन् । ऐनको दफा १० को खण्ड ट मा जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकममा कर छुट हुने व्यवस्था थियो । आर्थिक विधेयकले आयकर ऐनको दफा १० को खण्ड ट हटाएकाले कर छुट पाउने संस्थाको सूचीबाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था हटेको हो ।

    यसअघि कर छुट पाउने संस्थालाई दिइने विथहोल्डी स्थायी लेखा नम्बर लिने गरेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले साउन १ गतेबाट व्यवसायीक स्थायी लेखा नम्बर लिनु पर्ने भएको छ । व्यवसायीक स्थायी लेखा नम्बर लिँदै उपभोक्ता समितिबाट उठाउने रकमबाट खर्च घटाई हुने नाफामा खानेपानी संस्थानले सरकारलाई कर तिर्नु पर्ने भएको हो । आन्तरिक राजस्व विभागका एक पूर्वमहानिर्देशक खानेपानी उपभोक्ता समितिलाई करको दायरामा ल्याउँदा खानेपानीको मूल्य बढ्न सक्ने बताउँछन् । ‘प्राय साना-साना उपभोक्ता समितिहरु व्यवसायीक रुपमा सञ्चालन भएका हुँदैनन् । करको दायरामा आउँदा सबै संस्थाले लेखा सम्बन्धी काम गर्न एक जना पूर्णकालीन मानिस राख्नु पर्छ । यस्तो नयाँ खर्च जुटाउन समितिले उपभोक्ताबाट पानीको महसुल बढाउनु पर्ने अवस्था आउँछ,’ ती महानिर्देशकले भने, ‘धेरै कारोबार गर्ने ठूला संस्था जुन पहिलेदेखि व्यवसायीक थिए तिनलाई करको दायरामा ल्याउनुलाई स्वभाविक मान्न सकिए पनि साना संस्थालाई कर छुट हुने सूचीबाट हटाउनु उपयुक्त भए जस्तो लाग्दैन ।’

    अर्थ मन्त्रालयका एक अधिकारी जनताको घर घरमा पानी पुर्‍याउने काम गरिरहेका स-साना उपभोक्ता समितिलाई करको दायरामा ल्याएर सरकारले झमेला बढाएको बताउँछन् । ‘केही ठूला व्यवसायीक खानेपानी उपभोक्ता समिति बाहेक प्राय संस्थाहरु सरकारको सहयोगमा सञ्चालन हुने गर्छन्,’ ती अधिकारीले भने, ‘खानेपानी संस्थाहरुलाई करको दायरामा ल्याउँदा ठूलो कर पनि बढ्ने होइन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑