वीरगञ्ज । बिहीबार साँझ आएको हावाहुरीमा परि पर्सा र गोरखामा २ जनाको ज्यान गएको छ।
पर्साको विन्दबासिनी गाँउपालिका वडा नम्बर २ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।
यस्तै वर्षासँगै आएको हावाहुरीले गोरखामा एक जनाको मृत्यु भएको छ ।
हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिए ।
गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ । हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत धेरै क्षति पुगेको छ ।