जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका ७ जीरोमाईलस्थित जानकी मोटर स्पेयर्समा जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीवार छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सो पसलमा छापा मारी नक्कली मोटर पार्टससहितको सामानहरु नियन्त्रणमा लिएको हो ।
एकजना ग्राहकले दिएको लिखित उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रको नेतृत्वमा अनुगमनमा पुगेको टोलीले भारतमा रहेको क्रिलोस्कर ब्राण्डको नक्कली एअर फिल्टरसहितका पार्टपूर्जाहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको पार्टपूर्जाहरुलाई चेकजाँचका लागि काठमाडौं पठाइने र नक्कली ठहरिए पेटेन्ट डिजाईन र ट्रेड मार्क ऐन २०२२ अनुसार कारवाही गरिने प्रशासकीय अधिकृत मिश्रले बताए ।
अनुगमन टोलीमा आन्तरिक राजश्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय धनुषाका कर्मचारीहरु पनि सहभागी थिए । The nepaltop