सटर फाेडेर चाेरी गर्दै हिँड्ने ‘किशोर-ग्याङ’ प्रहरी नियन्त्रणमा
वीरगंज संजाल
२५ पुष २०७६, शुक्रबार ११:१५
४३२९
काठमाडौं । काठमाडौंको सुकेधाराबाट सटर फोडेर चोरी गर्ने किशोरहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चोरीमा सक्रिय रहेको सो समूहका ५ जना किशोरलाई सुकेधारा क्षेत्रबाट प्रहरीले पक्राउ हो । उनीहरुको साथबाट प्रहरीले केही नगद, मोबाइल, लागूऔषध पनि बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले दिएको जानकारी अनुसार, सटर फुटाएर चोरी गर्ने कार्यमा संलग्न झापा स्थायी ठेगाना भई हाल कपन बस्ने १६ वर्षीय आशीष आचार्य, गोरखा घर भई कपनमै बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमलालाई प्रकाउ गरिएको हो ।
लागूपदार्थ सेबन गरेर उनीहरुले रातको समयमा सटर फोडेर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । News 24