वीरगंज | वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बसको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा गए राति चार सवारी साधन आपसमा ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा. ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको ट्रक,
काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना. ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ भने उनको परिचय खुल्न सकेको छैन।
घाइतेहरूको सूचीमा सुधन केसी (२८ वर्ष, प्युठान नौबैनी गाउँपालिका–७), निरज केसी (३६ वर्ष, प्युठान नगरपालिका–१०), निर्मला भुषाल (३६ वर्ष, प्युठान मालारानी गाउँपालिका–२), सुरज सुनार (२५ वर्ष, प्युठान गौमुखी गाउँपालिका–७), पवित्रा दर्लामी (२९ वर्ष, अर्घाखाँची सितागंगा नगरपालिका–८), पुरन गिरी (२८ वर्ष, प्युठान झिम्रुम नगरपालिका–७), समिर के एम (२० वर्ष, प्युठान नगरपालिका–८), तारापति बुढाथोकी (३६ वर्ष, सारुमहारानी गाउँपालिका–४), मुनादेवी बुढाथोकी (३५ वर्ष, सारुमहारानी गाउँपालिका–४), मनदेवी थापा (५६ वर्ष, प्युठान ऐरावती गाउँपालिका–६), पदम थापा (६० वर्ष, प्युठान), सुशील केसी (२१ वर्ष, प्युठान नगरपालिका–१०), प्रतिभा भण्डारी (१७ वर्ष, प्युठान नगरपालिका–४),
सलिसा थापा (१८ वर्ष, प्युठान नगरपालिका–८), प्रकाश केसी (३८ वर्ष, प्युठान नगरपालिका–१), पार्वता केसी (५३ वर्ष, प्युठान नगरपालिका–८), गौरव झाक्री (३२ वर्ष, नौबहिनी गाउँपालिका–३), दिपक सुनार (२९ वर्ष, प्युठान गौमुखि गाउँपालिका–३), लाम बहादुर दर्लामी (४९ वर्ष, अर्घाखाँची सितगंगा नगरपालिका–८), सन्तोष केसी (२५ वर्ष, प्युठान गनरपालिका–८), राजन सुवेदी (२१ वर्ष, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका, ट्रक चालक), र सुवास कार्की (२६ वर्ष, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५, ट्रक चालक) रहेका छन्।