काठमाडौं । चाणक्यका प्रशंसक र समर्थक संसारमा धेरै छन् । चाणक्य वा कौटिल्यको नामले चिनिने यी व्यक्तित्व विद्धान, तक्षशिलाका आचार्य, दार्शनिक एवं महान् सम्राट चन्द्र गुप्त मौर्यका गुरु थिए ।
उनको जन्म लगभग ई.पू ३७०-२८३ मा भएको विश्वास गरिन्छ । चाणक्यलाई राजनीति र कुटनीतिका महान ज्ञाता मानिन्छ ।
उनले अर्थशास्त्र, राजनीति, आर्थनिती, कृषि, समाजनीतिजस्ता महान ग्रन्थहरु रचना गरेका छन् । उनको अर्थशास्त्रलाई मौर्यकालिन समाजको दर्पण मानिन्छ ।
तत्कालीन समयमा मात्रै होइन, पछिसम्म पनि महान दार्शनिक मानिएका उनै चाणक्यका विभिन्न वाणीहरु हामीले सुन्न र पढ्न पाउँछौं ।
यी हुन् विश्वचर्चित मानिएका चाणक्यका २० वाणीहरु ।
१. ज्ञानभन्दा ठूलो अर्काे गुरु छैन ।
२. गुरु, मित्र, मुर्ख र स्वजनहरुसित बुद्धिमान व्यक्तिले कहिल्यै विवाद गर्दैन ।
३. सत्पुरुष त्यो हो जो, अरुको कल्याणको लागि काम गर्छ ।
४. चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसरी नै एक सज्जन व्यक्ति प्राणीमाथि दया गर्नुपर्दछ ।
५. भोकै भए पनि बाघले कहिल्यै घाँस खाँदैन ।
६. अत्याधिक लोभ पतनको प्रमुख कारण हो ।
७. आफ्नो इच्छा अनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
८. धन नहुँदैमा कसैलाई निर्धन मान्न सकिँदैन ।
९. अपमान सहेर बाँच्नुभन्दा पैतालाको धुलो राम्रो हुन्छ ।
१०. सुन्दरता, तरुण अवस्था र मधुरता यी तीन रुप नारी जातीको सबैभन्दा ठूलो बल हो ।
११. उच्च आसन, महलमा बसेर होइन मानिस असल गुणले उत्तम हुन्छ ।
१२. आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोस मान्नुपर्छ ।
१३. कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादै महंगो हुन्छ । त्यसले कल्पनै नगरेको बेला हमला गर्न सक्छ ।
१४. तपाई खुसी हुनु नै दुश्मनका लागि ठूलो हतियार हो ।
१५. अरुको गल्तीबाट सिक किनभने आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो हुन्छ ।
१६. कुनै पनि व्यक्ति आवस्येकभन्दा धेरै सोझो हुनु हुँदैन । किनभने सोझो रुख नै पहिला काटिन्छ ।
१७. कोहि पनि व्यक्ति कामबाट महान हुन्छ । जन्मबाट होइन ।
१८. तपाईको कुरा सुन्नेबेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास गर्नु हुँदैन ।
१९. भुतको बारेमा पछुताउनु र भविष्यको बारेमा चिन्ता लिनु हुँदैन । किनभने विवेकवान मानिस सँधै वर्तमानमा वर्तमानमा जित हाँसिल गर्छ ।
२०. सफलता प्राप्त गर्न साथीको आवस्येक पर्छ तर धेरै ठूलो सफलता पाउँनको लागि राम्रो शत्रुको आवस्येक पर्छ ।