नेविसंघले सहकारी ठगी र गिरीबन्धु टि स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध पृथ्वी नारायण क्याम्पस आगडि बृहत् प्रदर्शन कार्यक्रम गरेको हो।
कांग्रेस लगायत प्रमुख प्रतिपक्ष दलहरुले सहकारी ठगी प्रकरण गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। पृथ्वी नारायण क्याम्पस नेवि संघको अध्यक्ष सुशिल न्यौपानेको संयोजनमा पृथ्वी नारायण क्याम्पस आगडि गृहमन्त्री रवि लामिछानेविरुद्ध र सरकारको रवैयाविरुद्ध आज राके जुलुस प्रदर्शन गरेको हो।जुलुसमा गृहमन्त्री लामिछानेको पुतला दहन समेत गरेको हो। जुलुको क्रममा विभिन्न किसिमका नारा सहित आन्दोलन गरेका छन् नालायक गृहमन्त्री राजिनामा दे, जिवि राई कहाँ छ रविलाई थाहा छ जस्ता नाराहरु नेवि संघ का विद्यार्थीहरुले लगाएका थिए ।
उक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केही विद्यार्थी घाइते समेत भएका पृथ्वी नारायण क्यापस नेवि संघ इकाईका सचिब प्रयास कोइरालाले जानकारी दिएका छन्।