काठमाडौं । केही दिनदेखि जारी बदली र वर्षाकाे शृंखलामा भाेलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको छ । यही कारण सुदूरपश्चिमको मौसममा सुधार आइसकेको र भोलिबाट देशका मध्य र पूर्वको मौसम पनि सुधारिने मौसमविद् पौडेलले बताए ।