चिसो बढेपछि चाेकचाेकमा आगो ताप्ने व्यवस्था मिलाउँदै जिल्ला प्रशासन
वीरगंज संजाल
२४ पुष २०७६, बिहीबार १४:५२
३८२७
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि डडेल्धुरा प्रशासनले चोक–चोकमा आगो बालिरहेको छ । जिल्ला सदरमुकामको अमरगढी–५ बसपार्क क्षेत्रका तिन ठाउँ, तुफानडाडाँमा एक ठाउँ र अमरगढी–७ को रातोगुना चोकमा आगो बालेको छ ।
जाडोका कारण खासगरी सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएकाले गृहमन्त्रालयको केन्द्रीय नीति अनुसार ठाउँ ठाउँमा आगो बाल्ने काम शुरु गरिएको हो । घरबाट निस्किएपछि चिसोबाट जोगिन चोकहरूमा आगो ताप्ने वातावरण मिलाउँदा सर्वसाधारण र बटुवाहरुलाई केही राहत पुगेको भन्दै खुशी भएका छन् ।
स्थानीय चोकहरुमा आगो बाल्न थाल्नासाथ स्थानीय व्यापारीहरु, बटुवालगायत आगो ताप्न झुम्मिएका छन् । जाडो अवधिभर डडेल्धुरा जिल्लाका ठाउँ-ठाउँमा ठुलठुला मुडा बालेर आगो ताप्ने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ । डिभिजन वन कार्यालय डडेल्धुरा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिल्ला सुरक्षा समितीको पहलमा आगो बालीएको हो ।
चिसो बढेपछि ग्रामीण भेगबाट सदरमुकाम आउनका लागि निकै समस्या भएको छ यस्तै चिसो रहिरहने हो भने व्यापार व्यबसायमा पनि गिरावट आउने देखिएको छ । News 24