वीरगंज | वीरगञ्ज महानगरपालिका वडा नं. ७ को गहवास्थित श्री माइस्थान बाल विद्या मन्दिर इन्दु लाखे निम्न मा. विद्यालयमा उपकार सेवा नेपालको सहयोगमा बिजुली जडाइएको छ।
सामाजिक अभियान्ता प्रकाश थारुले जनकारी दिएका अनुसार, ३२५ जना विद्यार्थीहरूलाई पढाउन समस्या थियो, जसको समाधानका लागि कोठामा बिजुली जडाइएको उल्लेख गरिएको छ।
एक कार्यक्रममा विद्यालयका अध्यक्ष विद्या कुमारी सरावगी र सदस्यद्वय सुमन बगेडिया र अंकुर शर्माले प्रधानाध्यापक रामाधार प्रसाद साहलाई हस्तान्तरण गरिएको छ। यस कार्यक्रममा शिक्षक, भद्रभलादमी, बालबालिकाहरू पनि उपस्थित थिए।