• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशमा नयाँ सरकार बनाउने तयारी

  • वीरगंज संजाल
  • ३१ बैशाख २०८१, सोमबार ११:४५
  • १३८५

    वीरगञ्ज । मधेस प्रदेशमा चार पार्टीले सरकार बनाउने प्रयास थालेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन सरकार बनाउने भएका हुन् ।

    सोही अनुसार आइतबार एमाले र माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको छ । माओवादीबाट मन्त्री बनेका भरत प्रसाद साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका थिए । ‘हाम्रोबाट भरतप्रसाद साहको मुख्यमन्त्रीमा दाबी रहनेछ,’ भट्टराईले भने ।

    यस्तै, एमालेका मन्त्रीहरूले पनि राजीनामा बुझाएका छन् । गृह, सञ्चार तथा कानून मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जन संख्यामन्त्रीमा शत्रुधनसिंह कोइरी र शिक्षा तथा संस्कृति मन्त्री प्रमोद जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव राय चैत १० गते मन्त्रीमा नियुक्त भएका थिए । स्वतन्त्र सांसद जयसवाल केही दिन अगाडि मात्र एमालेमा प्रवेश गर्दै शिक्षा मन्त्री नियुक्त भएका थिए । ‘हामीले सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ एमाले सांसद राजकुमार लेखीले भने, ‘अब नयाँ सरकार बन्छ ।’

    एमाले २५ र माओवादीका ९ गरी ३४ जनाको समर्थन फिर्ता भएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव अल्पमतमा परेका छन् । अब उनले संसद्मा विश्वासको मत लिनको लागि एक महिनाको समय पाउँछन् । यदि नपाए उनको सरकार ढल्नेछ ।

    उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएका हुन् ।

    यसैबिच चार दलले नयाँ सरकार निर्माण थालेका छन् । ‘एमाले, माओवादी, जनमत र लोसपा गरी चार पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ,’ माओवादी सांसद युवराज भट्टराईले भने, ‘नेतृत्व प्रस्ट भइसकेको छैन, अहिलेसम्म माओवादी र जनमतबाट दाबी छ ।’

    मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो । एक सय ७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन् । जनमतको १३ सांसद छन् । यसै गरी माओवादी केन्द्रको ९ सांसद हुँदा लोसपाको ९ सांसद नै छन् । यसै गरी नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् ।

    जुन सरकार बनाउन पर्याप्त बहुमत हो । एमालेका सांसद राजकुमार लेखीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी समेत नयाँ गठबन्धनमा सहभागी हुने बताए । ‘पाँच दल मिलेर मधेसमा सरकार बनाउँछौँ, नेतृत्वमा सबैभन्दा ठूलो दल भएकोले एमालेको स्वाभाविक दाबी हुने नै भयो,’ लेखीले भने, ‘माओवादी र जनमतको पनि दाबी छ ।’

    एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरतकुमार साह र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्रीमा दाबी गरेका छन् । नेतृत्वमा दाबी भए पनि मिलेर सरकार बनाउने लेखीले बताए ।

    जसपाले २०७४ सालमा पूरै कार्यकाल सरकारको नेतृत्व गरेको थियो । यस पटक पनि केन्द्रीय गठबन्धन भत्किने र नयाँ बन्दा समेत जसपाको सरकार जोगिएको थियो । १९ सदस्यीय जसपामा विभाजन आएपछि पहिलो पटक सरकार ढल्ने भएको हो ।

    उता, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले मधेस प्रदेशबाट बढीभन्दा बढी सांसदहरू आफूहरूतिर खुल्ने दाबी गरेकी छन् । ‘सरकारको नेतृत्व नै हामी गर्न सक्छौँ, छलफल चलिरहेको छ,’ उनले आइतबार अपराह्न भनिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑