• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पगालेको सुन कपडामा लेपेर तस्करी, विमानस्थलबाट दुई भारतीय पक्राउ

  • वीरगंज संजाल
  • ३१ बैशाख २०८१, सोमबार ११:२८
  • १५४१

    वीरगंज | प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन छन्। कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरू सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौं ओर्लिएका थिए।

    नियमित चेकजाँचको क्रममा शंकास्पद देखिएपछि प्रहरीले कुमार र गणेशनका कपडाहरू हेरेको थियो। उनीहरूको कपडा जाँच गर्नेक्रममा सुनका लेपन लगाइएको फेला पारेको कार्यालय प्रमुख एसएसपी पोखरेलले बताए।

    ‘निगरानी गर्ने क्रममा शंका लागेमा जाँच गर्छौं। त्यसैगरी जाँच गर्दा दुई जनाबाट सुन बरामद भएको हो,’ उनले भने। पक्राउ परेका दुबै जनाबाट बरामद भएको सुन जोखिसकेको छैन। यद्यपि कुमारले लगाएको टिसर्ट, भित्री बस्त्र, जिन्स पाइन्ट लगायत कपडासहित सुन अन्दाजी दुई किलो ६०० ग्राम छ।

    गणेशनले लगाएको टिसर्ट, पेन्टी, जिन्स पाइन्ट कपडासहित सुन अन्दाजी दुई किलो ५०० ग्राम छ। एसएसपी पोखरेलका अनुसार यसरी बरामद भएको सुन र अभियुक्तमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने गरिएको छ।

    यसरी सुन जोख्ने कामका लागि भन्सार कार्यालयले नेपाल राष्ट्र बैंकमा पठाउने गरेको छ। त्यसपछि बरामद भएको सुनको यकिन विवरण खुल्छ। अहिले बरामद भएका सुनमा बढीमा एक किलो हुन सक्ने प्रहरीको भनाइ छ।

    यसरी पक्राउ परेका भारतीय नागरिकहरूले सुन भारतमा लग्ने तयारी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ। ‘भारतबाट दुबई जाने, त्यहाँबाट काठमाडौं आएर यहाँबाट स्थलमार्गबाट भारत जाने गरेको बुझिन्छ,’ उनले भने, ‘उनीहरूले अहिले सबैकुरा भनिसकेका छैनन्।’

    प्रहरीलाई उनीहरूले नयाँ कपडा किन्दा नै यस्तो थियो भनेर बयान दिएका छन्। यसबारे थप अनुसन्धान गर्न प्रहरीले उनीहरूलाई भन्सारमा बुझाउने तयारी गरिरहेको छ।

    विशेषगरी दुबईबाट आउनेहरू व्यक्तिहरूमाथि विमानस्थल प्रहरीको निगरानी हुने गरेको छ। नेपाली कामदारहरू र अन्य भारतीय नागरिकलाई तस्करहरूले भरिया बनाएर काठमाडौं पठाउने गरेको ‘ट्रेन्ड’ छ।

    निगरानी गर्ने कक्षबाट पनि विभिन्न व्यक्तिको गतिविधि हेर्ने, उनीहरूको भ्रमणको पृष्ठभूमि समेत प्रहरीले हेर्ने गरेको छ।

    पक्राउ परेका कुमार र गणेशन यसअघि पनि दुबई गइसकेका व्यक्तिहरू हुन्। सामान्य खालका कपडामा उनीहरू दुबई जाने-आउने गरेको थाहा पाएपछि प्रहरीले उनीहरूमाथि सोधपुछ गरेको थियो। सुन तस्करहरूले तस्करी गर्दा विभिन्न खालका तरिकाहरू अपनाउने गरेका छन्।

    पछिल्लो समय दुबईबाट फर्किने कामदारहरूलाई काँचो सुनका औंठी, सिक्री लगायत लगाएर पठाउने गरेका छन्। सुनलाई पगालेर कपडामा लेपन गरी ल्याउने क्रम पनि बढ्दो छ।

    ढिक्का सुन सजिलै समातिने डरले तस्करहरूले नयाँ नयाँ उपाय अपनाउने एसएसपी पोखरेल बताउँछन्। विमानस्थलबाट चार महिनामा ८ करोड बढीको सुन बरामद

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार चार महिनामा ८ करोड बढीको सुन बरामद भएको छ। प्राप्त भएको विवरणअनुसार माघ १७ गतेदेखि वैशाख ७ गतेसम्म विमानस्थलबाट मात्रै ७७५९.१६ ग्राम सुन बरामद भएको छ। जसको मूल्य ८ करोड २३ लाख १७ हजार ६३२ रुपैयाँ बराबरको छ। वैशाख ७ गतेपछि पनि प्रहरीले सुन बरामद गरेको छ।

    माघ १७ गते प्रहरीले १५ ग्राम सुन बरामद गरेको थियो। फागुन १० गते २२१० ग्राम सुन बरामद गरेको थियो। फागुन १२ गते नै प्रहरीले १४४० ग्राम सुन बरामद गरेको थियो। त्यसपछि थोरै मात्रामा सुन बरामद गरेको थियो। गत वैशाख ६ गते भने १०७० ग्राम सुन बरामद गरेको थियो। वैशाख ७ गते पनि प्रहरीले ८५० ग्राम सुन बरामद गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑