• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा सुनचाँदी व्यवसायी संघलाई तत्कालै अधिवेशन गर्न सिडिओको पत्र

  • वीरगंज संजाल
  • ३० बैशाख २०८१, आईतवार १६:४०
  • २०७३

    वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कानुन बमोजिम काम नगरेको भन्दै पर्सा जिल्ला सुनचाँदी व्यवसायी संघलाई पत्र काटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही २० गते जिल्ला जिल्ला सुनचाँदी व्यवसायी संघको नाममा पत्र लेख्दै कानुन बमोजिम तत्कालै अधिवेशन गर्न निर्देशन दिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले ६४६९ चलानी नम्बरबाट पत्र लेख्दै एक महिनाभित्र अनिवार्यरुपमा अधिवेशन गर्न निर्देशन दिएका छन् । उनले लेखेको पत्रमा भनिएको छ, ‘गृह मन्त्रालयबाट प्राप्त अनुसार कुनै पनि संस्थाले कानुन बमोजिम काम नगरेमा तत्काल कारबाही गर्न आदेश छ, यही आधारलाई टेकेर सुनचाँदी संघबारे हामी कहाँ अनियमिततासहितको उजुरी परेको छ । त्यसकारण कानुनलाई पालना गराउनको लागि यो पत्र लेखिएको छ, तसर्थ तपाइँहरु एक महिनाभित्र अनिवर्यारुपमा लेखा परीक्षण सम्पन्न गरी अधिबेशन गराउनु होला ।’

    जिल्ला संघबारे धेरै उजुरी प्राप्त भएपछि लेखा परीक्षणसहित अधिवेशन सम्पन्न गरेर सिडिओमा रिर्पोटिङ गर्न आदेश दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको भनाइ छ ।संघको नाममा पत्र लेखेको झण्डै १० दिन भइसकेको छ । तर अहिलसम्म अधिवेशन गर्न कुनै तयारी नभएको सुनचाँँदी व्यवसायी समितिका एक पदाधिकारीले सुनाए । उनका अनुसार प्रशाासनबाट आएको पत्र अनुसार समयमै अधिबेशन हुने सम्भावना कम रहेको छ ।

    के हो विवाद ?

    जिल्ला सुनचाँदी व्यवसायी संघ विवादको भूमरीमा फसेको छ । सुनचाँदी व्यवसायी संघको अधिवेशन समयमै नहुँदा विवाद सतहमा आएको हो । जिल्ला संघको वर्तमान कार्यसमितिको कार्यकाल यही फागुनमा सकिएको छ । संघको विधानअनुसार कार्यकाल सकिएपछि तत्ककालै अधिवेशन गर्नुपर्ने हो ।

    तर संघका अअध्यक्ष भुलन सर्राफलले कार्यकाल सकिएको २ महिना भन्दा बढी भइसक्दा पनि केन्द्रको महाधिवेशनको नाममा जिल्ला अधिवेशन सार्न खोजिरहेको आरोप छ । यद्यपी, जयप्रकाश सर्राफसहितको नेतृत्वले भने जिल्ला संघको निर्वाचन समयमै गर्न माग गरिरहेका छन् ।संघको तीन वर्षे कार्यकाल यही १ फागुनमा सकिएको हो । सामान्यतह केन्द्रको महाधिवेशनपछि जिल्ला संघको अधिवेशन गर्न चलन रहेको जिल्ला अध्यक्ष सर्राफको धारणा छ । मूलतः यही कारणले अधिवेशनमा ढिलाइ भएको अध्यक्ष सर्राफ बताउँछन् ।

    अधिवेशनमा यसकारण ढिलाइ ?

    संघको अधिवेशनमा स्वार्थका कारण ढिलाइ भइरहेको एक पक्षको आरोप छ । अध्यक्ष सर्राफबाहेकहरुले चाँडै नेतृत्व चयन गरेर आफ्नो उपस्थिति दर्ज गर्न खोजिरहेको छ भने वर्तमान नेतृत्वले जेनतेन गरी आफ्नै नेतृत्व लम्बयाउन खोजिरहेको देखिन्छ । त्यसका पछाडि आफ्नै कारण रहेको एक पदाधिकारी बताउँछन् ।

    खासमा प्रत्येक महिना संघले फिफारिस गरेको आधारमा कोटामार्फत सरकारले सुन उपलब्ध गराउने गरेको छ । कारण– सुन खरिद र वितरण गर्ने कार्य सुनचाँदी व्यवसायी संघमार्फत गर्ने नीति छ । यही नीतिका कारणले संघले सिफारिस गरेको व्यवसायीलाई सरकारी संयन्त्रमार्फत सुन खरिद दिइने गरिएको छ ।

    सरकारबाट खरिद गरेको सुन वैधानिक भएकोले त्यसमा कुनै डर त्रास नहुने र फाइदा पनि हुने भएकाले व्यवसायीले संघलाई आर्थिक आकर्षणमा परेर आफ्नो भागमा सुन लिने गरेको स्रोतको दाबी छ । जिल्ला संघले आफ्ना निकटकालाई सिफारिस गरेपछि ऊसले पनि त्यही बमोजिमको आर्थिक सहयोग दिनेको गरेको एक व्यवसायी बताउँछन् ।

    यसरी सिफारिस गरेकै आधारमा जिल्ला संघका पदाधिकारीलाई फाइदा हुने भएपछि त्यही फाइदाका लागि सबैले आफ्नो कार्यकाल थपियो भन्ने चाहनाले कसैले नेतृत्व छोड्न नचाहेको एक व्यवसायीको भनाइ छ । मूलतः यहीकारणले समयमा जिल्लाको अधिवेशन नभएर ढिलाइ गर्न खोजिएको व्यवसायीहरुको बताउँछन् ।

    यता जिल्ला संघका अध्यक्ष भुलन सर्राफले भने केन्द्रको महाधिवेशनका कारणले समयमा अधिवेशन हुन नसकेको बताउँछन् । केन्द्रको अधिवेशन भएपछि जिल्ला अधिवेशन गर्ने चलन छ, अब त्यो चाँडै हुन्छ, उनले भने,‘ त्यसपछि हामीले पनि जिल्लामा गर्छौ । यहाँको अधिवेशनको बारेमा केन्द्रसंग सल्लाह पनि भइरहेको छ ।जे निर्देशन आउँछ , त्यही बमोजिम अब हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑