• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा १३ बर्षिया दलित बालिकामाथि बलात्कार

  • वीरगंज संजाल
  • ३० बैशाख २०८१, आईतवार १५:५५
  • १४२१

    वीरगन्ज | पर्सामा १३ बर्षकी एक दलित बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ३ हरिहपुर वीर्ताकी १३ बर्षिया बालिकालाई उनकै छिमेकका ५० बर्षिय बनारसी महतो केवटले बैशाख २२ गते शनिबार राति बलात्कार गरेको घटना शनिबार सार्वजनिक भएको हो ।

    बैशाख २२ गते राति ११.३०बजेतरि आफनै आंगनमा रहेको चापाकलमा पानी लिन घरबाट बाहिर निस्किएका बेला छिमेकका केवटले मुख थुनेर बाँसघारीमा लगेर नशालु पदार्थ सुंघाएर बेहोश बनाई बलात्कार गरेको पिडित भनिएकी बालिकाले शनिबार मधेसखबरसंग बताइन् ।

    पिडित भनिएकी बालिकाका बुबाका अनुसार, बैशाख २२ गते पानी लिन घरबाहिर निस्किएकी ती बालिकालाई छिमेकका महिलाहरुले बैशाख २३ गते बिहान आइतबार झिसमिसेमा बाँसघारीमा अचेत अवस्थामा देखेर खबर गरेका थिए । उक्त खबर पाएर बाँसघारीमा पुग्दा आफनी छोरी अर्धनग्न अवस्थामा अचेत फेला परेको पिडित भनिएकी बालिकाका बुबाले बताए ।त्यसपछि घरमा ल्याएर घरेलु उपचार गरेको र होश खुलेपछि रुदैं छोरीले आँफुसंग केवटले गरेको दुष्कर्मका बारेमा सविस्तार बताएको उनले जानकारी दिए ।

    पिडित भनिएकी बालिकाकाले आफना बुबालाई बताए अनुसार, राति पानी लिन आँगनको चापाकलमा गएका बेला पछाडिबाट आएका केवटले मुख थुनेर बाँसघारीमा लगेका थिए । बाँसघारीमा पुर्यापछि केवटले बालिकाको हात र खुट्टा आफनो गम्छाले बाँधेर मुखमा रुमाल कोचेर करणी गर्न खोज्दा बालिकाले चिच्याएर प्रतिवादपनि गरेकी थिइन् । त्यसपछि केवटले खल्तीबाट नशालु पर्दा निकालेर बालिकाको नाकमा सुँघाएर बेहोश बनाएका थिए ।

    घटनाबारे आरोपित केवटको घरमा बैशाख २३ गते बिहान आँफुहरु पुगेर सोधीखोजी गर्दा केवटले आँफुले बलात्कार गरेको स्वीकार गर्दै १ लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्कीपनि दिएको पिडित भनिएकी बालिकाका बुबाले बताए ।उनले भने,‘ केवटले तिमीहरु सानो जातका हौं केहि गर्न सक्दैनौ मलाई । मेरो पहुच ठूलाबडा नेताहरुसंग छ । त्यसैले यदि मेरो कुरा मानेनौं भने तिम्रो छोरीलाई भारतमा लगेर बेचिदिन्छु । अनि तिमीलाईपनि मारेर फालिदन्छिु भनेर धम्क्याए।’

    आरोपित केवट पहिल्यैदेखि अपराधिक गतिविधीमा संलग्न व्याक्ति भएको र अपहरण तथा ज्यान मार्ने मुद्धामा १० बर्ष जेल सजाय काटेर छुटेका व्याक्तिपनि भएका कारण उनको डर र लोकलाजका कारणलेपनि एक दुई दिन घटना लुकाएर राखेको पिडित भनिएकी बालिकाका बुबाले बताए । तर आरोपित केवटबाट लगातार धम्की आउन थालेपछि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त लिएर पुगेकोभएपनि प्रहरीले हालसम्म जाहेरी दर्ता नै नगरेको दुखेसोपनि उनले सुनाए ।

    उनले भने,‘ अपराधि अहिलेसम्म पक्राउपनि परेको छैन । यता प्रहरीकोमा चार दिनदेखि सधैं धाइरहेको छु तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेको छ।’ उनले प्रहरीले जाहेरी दर्ता गर्नु पर्ने र आफनी छोरीसंग दुष्कर्म गरेका केवटलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए ।

    यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने पिडित भनिएकी बालिका र जाहेरी लिएर आउने उनका बुबाको बयान फरक परेकाले प्रहरीले जाहेरी दर्ता नगरेको बताए । स्वास्थ्य परिक्षणका लागि बालिकालाई शुक्रबार नारायणी अस्पतालमा पठाएको भन्दै उनले मधेसखबरसंग भने,‘ परिक्षण रिपोर्ट आएपछिमात्रै त्यसको आधारमा प्रहरीले जाहेरी दर्ता गर्छ ।’

    आरोपित भनिएका केवट भने घटना भएकै समयदेखि घर छाडेर फरार रहेको उनले बताए । फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑