वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् ।
दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।