वीरगंज । हमासविरुद्ध इजरायलले गरेको सैनिक कारबाहीका क्रममा सुरुमा नै सयौँको सङ्ख्यामा पानी र शौचालय सुविधा केन्द्रमा क्षति भएकामा पछिल्लो आक्रमणले झन् अप्ठ्यारो परेको जनाइएको छ ।
जरुरी सामानको आपूर्तिमा कमी र स्वच्छ पिउने पानीको अभाव भएको छ । बिनाट्रिटमेन्ट छोडिएको पानीले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको जनाइएको छ ।
इजरायली डिफेन्स फोर्सेज (आईडीएफ)ले बिबिसीलाई बताए अनुसार, हमासले सुविधाको क्षेत्रलाई आतङ्कवादीको उद्देश्य पूर्तिका निम्ति प्रयोग गरिरहेको छ ।
गाजा क्षेत्रमा सफा पानीको पहुँच पहिला नै कम थियो । त्यहाँ पहिलादेखि नै जमिनमुनिको पानी र नुन मिसिएको पानीलाई प्रशोधन गरी पिउने गरिएको थियो ।
गएको अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायलको जवाफी कारबाहीपश्चात् नुन मिसिएको पानी प्रशोधन गर्ने आधाभन्दा बढी ट्रिटमेन्ट संयन्त्रमा क्षति भएको थियो । ती संयन्त्र फोहोर पानी नागरिकसम्म पुग्न नदिनका निम्ति महत्त्वपूर्ण थिए ।