पर्सा | पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १ छपकैया निवासी लीलाधर गिरीका छोरा दशरथ गिरीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन । विक्रम संवत् १९९४ साल वैशाख १५ गते जन्मिएका उनलाइ सहायक प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
धेरै वर्ष देखि बिभिन्न वडा अध्यक्ष लगायत समाजका अगुवाहरुको घर दैलो धाए पनि कसैले नसुने अहिले वडा नं १ का बर्तमान वडा अध्यक्ष मनोज राउतले उनको नागरिकता बनाइदिन ठुलो भुमिका खेलेका थिए ।
नागरिकता बने पछि खुसी हुँदै दशरथ गिरि ले आफ्नो नागरिकता समयमै बन्न नसक्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट आफु वञ्चित भएको थियो । तर वडा अध्यक्ष मनोज राउत कुर्मीको सहयोगमा नागरिकता बने पछि आफू धेरै खुसी भएको बताए ।
अब नागरिकताको प्रमाणपत्र पाए सङै नेपाल सरकारले दिने हरेक सुबिधा पाउने बताए ।