• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडकमा अन्नबाली सुकाउन थालेपछि सडक अवरुद्ध भई दुर्घटनाको जोखिम बढे

  • वीरगंज संजाल
  • २७ बैशाख २०८१, बिहीबार १३:११
  • १५०५

    रौतहट । रौतहटको ग्रामीण भेगका ढलान तथा कालोपत्रे सडकमा अन्नबाली सुकाउन थालेपछि सडक अवरुद्ध भई दुर्घटनाको जोखिम बढेको छ ।
    बुधबार दिउँसो घाम लागेको बेला ढलान तथा कालोपत्रे सडक अधिक तातो भइ छिटो र राम्रोस्रँग बिस्कुन सुक्ने भएकाले किसानले सडक प्रयोग गरेका हुन् । फागुनमा लगाएका वर्णसंकर (हाइब्रिड) मकैको उत्पादन अधिक हुने हुँदा उत्पादित मकै सुकाउन अन्यत्र ठाउँ नभएपछि किसानले बाध्य भएर सडक प्रयोग गर्नु परेको चन्द्रपुर नगरपालिकाका पूर्व प्रमुख जितेन्द्र चौधरीले बताउनुभयो ।

    सडकमै बिस्कुन सुकाउँदा सडक अवरुद्ध हुने र जोखिमको सम्भावना उच्च हुने कुराको ज्ञान हुँदाहुँदै पनि किसानले बाध्य भएर सडक प्रयोग गरेका छन् । अधिकांश किसानले मकै सुकाउन सडक नै प्रयोग गरेको पाइन्छ ।

    जिल्लाको उत्तरी भेगका अधिकांश किसानले मकैखेती गर्छन् । किसानले आधुनिक खेती प्रणाली अवलम्बन गरी एक कठ्ठामा कम्तीमा दुई क्विन्टल मकै उत्पादन गर्छन् । सन्तपुरका किसान खड्ग बजगाईँ भन्नुहुन्छ, “दुई बिघा जमिनमा लगाएको मकै ८० क्विन्टलभन्दा बढी उत्पादन भएकाले आँगनमा सुकाउन ठाउँ अपुग हुँदा बाध्य भएर खेत नजिकको कालोपत्रेमा सुकाउनुपरेको छ ।”

    चन्द्रपुर नगरपालिकाको सन्तपुर, बेतौना, मोथियाही, चन्द्रनिगाहपुर, टेकानटोल, बेल्डी, मरधरलगायतका किसानले सडकमै मकै बिस्कुन हालेको देखिन्छ । चन्द्रपुर नगरपालिका–६ मोथियाहीका किसान हरी चौधरीले भन्नुभयो, “एकैसमयमा पाकेको मकै मेसिनको प्रयोग गरी एकैपटक छोडाइन्छ अनि एकै पटक सुकाउनुपर्ने हुन्छ । स्थान अभावले गर्दा सडकको प्रयोग गर्न बाध्य हुन्छौं । सडकमा सुकेको मकै व्यापारीले सडकबाटै खरिद गर्ने भएकोले धेरै झन्झट बेहोर्नु पनि पर्दैन ।”

    रात्रीकालीन गस्तीमा निस्केका सुरक्षाकर्मी पनि सडकमा सुकाएको मकैले हैरान भएका छन् । जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले सडक नै ढाक्ने गरी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम अधिक रहने बताउनुहुँदै त्यस प्रकारको कार्य रोक्न स्थानीय निकायले नै पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑