वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले साढे १३ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले १३ लाख ६७ हजार ८७० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न लत्ताकपडा, खाद्यान्न तथा औषधीजन्य सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
उनकाअनुसार २४८ पिस कुर्ता सुरवाल, ७८१ मिटर सर्ट थान कपडा, पुजा थान कपडा १ हजार ८९० मिटर, २१० किलोग्राम काजु, ४० पिस स्मार्ट वाच, १६३ पिस आइपड्स –१२, ९० डिब्बा अचार, ३ हजार ८४० डिब्बा गुड नाइट लगायतका सामग्री बरामद गरिएको हो ।
बरामद सामग्रीलाई आवश्यक कारवाहीका लागि वीरगज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।