• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी

  • वीरगंज संजाल
  • २४ बैशाख २०८१, सोमबार १९:५१
  • १३०९

    पर्सा । पर्सामा ग्रामीण कृषि क्षेत्रमा आगलागीका घटना घटे पनि वनजङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला जिल्लाभित्र रहेका वनक्षेत्र सुरक्षित देखिएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले पर्सामा यो याममा ठुलो प्रकृतिको डढेलो नलागेको बताए । “यो सिजनमा पर्सामा डढेलो लागेर वनजङ्गलमा काठ–दाउरामा ठुलो नोक्सानी भएको छैन तर कृषि उपज क्षेत्रमा भने आगलागीको समस्या देखिएको थियो”, उनले भने, “सुरुआती चरणदेखि वनजङ्गलमा हुन सक्ने डढेलोको विषयमा सतर्कता र सावधानी अपनाउन भनेकाले पनि अहिलेसम्म यहाँको वनमा आगलागी भएको छैन ।”

    पर्सामा चालु आर्थिक वर्षको करिब १० महिनामा आगलागीले रु ६ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा चालु आवको वैशाख २१ गतेसम्म रु पाँच करोड ७२ लाख बराबरको धनसम्पत्ति नष्ट भएको हो । पर्सामा गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ लाख ८४ लाख बराबरको क्षति भएको थियो । आगोले यहाँका १५ किसानको गहुँ, अन्नबाली, पराल, कुखुरा फर्म र फुसको घरलगायतमा क्षति पुर्‍याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।
    गत वैशाख ११ गते वीरगञ्ज महानगरका–१७ का महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार ‘सट’ भएर सुरु भएको आगलागीले सोही ठाउँका सात जनाको फुसका घरसहित अन्नपात, सुनचाँदी र पशुचौपाया जल्दा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको थियो । “अन्य जिल्लामा जस्तो पर्सामा वन क्षेत्रमा डढेलो लागेको छैन,” वन अधिकृत कर्णले भने ।

    उनले जिल्लाका ६ वटा सबडिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि वनमा आगो लगाउने काम नभएको हुनसक्ने बताए । “विगतमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरीसिकारी गर्नेले आगो लगाएर चोरीसिकारी गर्ने प्रवृत्ति थियो,” उनले भने, “यसपाली सावधानी अपनाएकाले आगजनीको घटना हुन पाएको छैन तर अझै सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ ।” यद्यपि पर्साका एकाध वनमा डढेलो सुरु हुन खोजेपनि तुरुन्तै निभाइएका थिए । जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । पर्साको क्षेत्रफल एक लाख ४० हजार चार सय ३४ हेक्टर छ । जसमध्ये आठ दशमलव २३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । डिभिजन वन कार्यालय मातहत ११ हजार चार सय ५१ दशमलव २८ हेक्टर वन क्षेत्र पर्दछ । यो तथ्याङ्कमा निकुञ्ज क्षेत्र भने समावेश गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑