• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३ तहका सरकारले दिने बिदामा एकरुपता किन छैन ?

  • वीरगंज संजाल
  • २४ बैशाख २०८१, सोमबार १६:२७
  • १७४१

    वीरगंज । बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सोमबार सो प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागु गरेको अवसरमा प्रदेश सरकारले सोमबार सार्वजनिक बिदाको निर्णय गरेको हो ।

    प्रदेश मन्त्रीपरिषद्ले वैशाख १२ मा दुई वटा भाषालाई सरकारी कामकाजको भाषाको रूपमा लागु गर्ने निर्णय गरेको थियो ।

    तर, बागमती प्रदेशभित्रै पर्ने काठमाडौँ उपत्यकामा प्रदेश सरकारले गरेको बिदा सम्बन्धी निर्णय लागु भएन । काठमाडौँ महानगरपालिकाभित्र महानगरको निर्णय अनुसार सोमबार सरकारी विद्यालय बन्द रहे पनि ललितपुर र भक्तपुरमा बिदा लागु भएको छैन ।

    बागमतीको मन्त्रीपरिषद्ले निर्णय गरे पनि गृह मन्त्रालयले त्यसबारे कुनै निर्णय नगरेपछि उपत्यकामा बिदा लागु भएन । उपत्यकामा बिदा लागु हुने वा नहुनेबारे गृहको निर्णयमा भर पर्ने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘आजको बिदामा गृह मन्त्रालयले कुनै पनि निर्णय नगरेको हुनाले उपत्यकामा लागु भएन ।’

    भट्टराईका अनुसार बागमती प्रदेशको सिमानाभित्र पर्ने काठमाडौँ उपत्यकामा प्रदेशको निर्णय अनुसार सार्वजनिक बिदा लागु गर्न गृह मन्त्रालयले अर्को निर्णय गर्नुपर्छ । उनले भने, ‘२०७६ सालमा मन्त्रीपरिषद् बैठकले काठमाडौँमा बिदा लागु गर्नेबारे त्यसरी नै निर्णय गरेको छ ।’

    केन्द्रीय मन्त्रीपरिषद् र प्रदेश मन्त्रीपरिषद्ले मात्रै होइन, गाउँपालिका, नगरपालिका र महानगरले पनि आफ्नो तजबिजमा बिदा दिने प्रचलन छ ।

    मकवानपुरको राक्सिराङ गाउँपालिका प्रमुखले २०८० पुस ५ मा क्रिसमस मनाउन ३ दिन बिदा दिन निर्णय गरे । सो पालिकामा पुस ८, ९ र १० मा बिदा घोषणा गरिएको थियो ।

    इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमस अवधिमा सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवं बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णयको सर्वत्र आलोचना भयो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

    सङ्घीय सरकारले २०८० पुस ९ मा इसाई धर्मावलम्बीहरूको ‘क्रिसमस डे’ पर्वका अवसरमा एक दिन बिदा दिने निर्णय गरे पनि सो गाउँपालिकाले ३ दिन बिदा दिएको हो । हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा क्रिस्चियन धर्मावलम्बीले क्रिसमस मनाउँछन् ।

    गत पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछापस्थित सुनापति गाउँपालिकाको भवन उद्घाटन गर्न जाँदै थिए । २०८० पुस १९ मा प्रचण्ड जाने कार्यक्रम तय भएसँगै सुनापति गाउँपालिकाले पालिकाभर सार्वजनिक बिदा दिने निर्णय लियो ।

    तर, आलोचना भएपछि गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले तत्काल निर्णय सच्याए । त्यसबारे प्रधानमन्त्रीको सचिवालयले पनि चासो राखेको गाउँपालिकाका पदाधिकारी बताउँछन् ।

    कानुनमा के छ ? सङ्घीय मन्त्रीपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदा दिने गरिन्छ । संविधान र कानुनमा बिदा सम्बन्धी स्पष्ट प्रावधान छैन । २०७६ मा मन्त्रीपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश मन्त्रीपरिषद्ले ६ दिन बिदा दिन पाउँछन् । महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई सार्वजनिक बिदाबारे निर्णय गर्ने अधिकार छैन । तर, स्थानीय तहले १ दिनसम्म बिदा दिने निर्णयलाई मान्ने गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) नारायण प्रसाद भट्टराई भन्छन्, ‘मन्त्रीपरिषद्को निर्णयमा स्थानीय निकायले सार्वजनिक बिदा सक्नेबारे केही उल्लेख छैन ।’

    सार्वजनिक बिदामा एकरुपता हुनुपर्ने भए पनि त्यस्तो नहुँदा अलमल सिर्जना भएको पूर्वसचिव केदार न्यौपाने बताउँछन् । प्रदेशमा सङ्घीय सरकारका निकाय हुन्छन्, प्रदेश मन्त्रीपरिषद्ले केन्द्रीय नीति विपरीत बिदा दिएमा दुई निकाय बिचमा विवाद हुने अवस्था आउने उनको भनाइ छ ।

    गृह मन्त्रालयमा लामो समय काम गरेका पूर्वसचिव न्यौपाने भन्छन्, ‘सार्वजनिक बिदा सम्बन्धी स्थानीय तह र प्रदेशको बिचमा पनि समन्वय हुँदैन । त्यसैले प्रदेशको औचित्यमाथि नै प्रश्न उठिरहेको छ ।’ प्रदेश सरकालाई धर्म, संस्कृतिसँग सम्बन्धित विषयमा मात्र बिदा दिने अधिकार छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑