वीरगञ्ज । महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ग्यास सिलिण्डर सहयोग गरेका छन् ।
आगलगी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका अध्यक्ष डा. राउतले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर सहयोग गरेका हुन् ।
मटिहानीका मेयर हरि प्रसाद मण्डलले मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो ।
आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो ।