काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैंयाले बढेको छ । मंगलबार ५ सय रुपैंयाले घटेको सुन बुधबार फेरी १ हजारले बढ्दै प्रतितोला ७६ हजार ५ सय रुपैंया कायम भएको छ । यो अहिले सम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।
सुनको मूल्यमा आएको अध्याधिक वृद्धिका कारण कारोबारमा कमि आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँ पुगेको छ । इरान र अमेरिकाबीच युद्ध हुन सक्ने खतराका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु सुन सञ्चय गर्नेतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।
सुनलाई सबैभन्दा सुरक्षित लगानी ठान्दै लगानीकर्ताहरु यतातर्फ मोडिंदा भाउ अचाक्ली बढेको महासंघको भनाई छ | News 24