सप्तरी | सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ ।
पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंफोड गरेको छ । मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।
तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारीबाली गरी ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको जनाइएको छ । उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतङ्क नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् । पछिल्ला केही दिनदेखि लगातार जिल्लाको शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जङ्गलबाट आएको हात्तीको समूहले घर भत्काउँदा लाखौंको क्षति भएको छ ।
जङ्गली हात्तीद्वारा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दीपक खड्का र ४ का राजन पौडेल तथा टङ्क पौडेलको घरमा तोडफोड गर्दा घनमाल क्षति हुनुको साथै घरभित्र रहेको विभिन्न अन्न, चामल, धान, फर्निचर नष्ट गर्नुका साथै विभिन्न सामग्री कुल्चिएर तोडफोड गरेको पीडितहरुले बताएका छन् ।
हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित मोहम्मद सहादत मियाँका छोरा मो. हजरत मियाँ र मो. असरफ मियाँको घर भत्काई चामल, अन्न, धान, फर्निचर र घर भत्काई लाखौँको क्षति गरेको छ । Nepalpostdaily