एजेन्सी । इरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ । हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । क्षतिको विवरण आइसकेको छैन ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ्ग ७३७ विमान इरानकाे इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएकाे हाे ।
इरानको सञ्चारमाध्यमकाे अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटना भएकाे हाे । तर याे दुर्घटनालाई लिएर अमेरिका–इरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो ।
उद्धारकर्ता टाेलीलाई हवाई जहाज दुर्घटना भएकाे ठाउँमा पठाइएकाे छ । इरानकाे आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी राेयटर्सलाई भने, ‘हवाई जहाजमा आगलागी भएकाे छ, सायद हामी केही यात्रीलाई बचाउन सक्छाैँ । News 24