वीरगन्ज । वीरगन्जको रेशमकोठीस्थित एक कपडा उद्योगमा भीषण आगलागी भएको छ । महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा भीषण आगलागी भएको हो ।
आगलागीका कारण उद्योगको सम्पूर्ण मालसमान जलेर नष्ट भएको छ । आगोलाइ वीरगन्ज महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निभाउने प्रयास भइ रहेको बारुण यन्त्रका अग्नि नियन्त्रक शेर बहादुर कार्कीले बताए ।
उद्योगमा अचानक साँझ साढे छ बजे आगलागी भएको थियो । आगो निभाउने प्रयास जारी रहे पनि अझै आगो निभाउन दुई घण्टा लाग्ने अग्नि नियन्त्रक कार्कीले बताए । बाटो साँघुरो भएका कारण बारुण यन्त्र घटनास्थलमा पुर्याउन नसेकोले आगो निभाउन समस्या भएको हो ।
काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाएको उद्योगमा अचानक साँझमा आगलागी भएको थियो । आगलागीका कारण उधोगमा रहेको तयारी कपडा, मटेरियल र मेसिन लगायत करोडौंको माल समाल जलेर नष्ट भएको यकिन गरिए पनि यथार्थ बिवरण अहिके आउन सकेको छैन ।