वीरगन्ज | नेपाल–भारत मैत्री बसमा अबैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार भुटानी र एक तिब्बती नागरिक पक्राउ परेका छन् ।
भन्सार हुँदै नेपाल प्रवेश गर्न लागेको अवस्था उनिहरुलाई वीरगन्ज भन्सारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भुटानी नागरिक ६५ वर्षीया डोलमा तामाङ्ग, ४३ वर्षीया छोदेन तामाङ्ग, १९ वर्षीया छुन्दु लह्मो, ७० वर्षीय ग्यान बहादुर तामाङ्ग र तिब्बती नागरिक ४० वर्षीया कुन्छोक तसोमो रहेका छन् ।
पक्राउ परेका पाँचैं जनालाई आवश्यक अनुसन्धानको लागि वीरगन्ज अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए ।
वीरगन्ज भन्सारस्थित रहेको सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलिले नेपाल भारत मैत्री बसमा चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ परेको हो ।
भारतको बोधगयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री बसमा ४० जना यात्रु सवार थिए । जसमध्ये पाचँजनासँग पासपोर्ट नभेटिएपछी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि अध्यागमन कार्यालयमा बुझाएको खत्रीले बताए ।
उनले यात्रुसँग सोधपुछको क्रममा पहचान पत्र बाहेक पासपोर्ट नभेटेपछी अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताए । Kalikatimes