काठमडौं । लगातारजसो बढेर नयाँ उचाइँमा पुगेका सुन–चाँदीको मूल्य मंंगलबार केही भने घटेको छ ।
आज मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७५ हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सोमबार छापावाला सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।
तेजावी सुनको मूल्य पनि मंगलबार प्रतितोलामा ५०० रुपैयाँले नै घटेर ७५ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार तेजाबीकाे मूल्य प्रतिताेला ७५ हजार ७०० रुपैयाँ पुगेकाे थियो ।
यसैगरी मंगलबार चाँदीको भाउ पनि २० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । News 24