• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै

  • वीरगंज संजाल
  • २७ चैत्र २०८०, मंगलवार ११:५१
  • ८८५

    नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस) सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।
    सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यहीँ चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो। निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिए।
    असुरक्षित रूपमा सुत्केरी गराउने सङ्ख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ। अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताए। नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन् भने आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन्।

    आफ्नै गाउँठाउँमा शल्यक्रियासहितको सुविधा पाउँदा खुसी लागेको ईश्वरपुर नगरपालिका–९ निवासी अञ्जुकुमारी चौधरीले बताइन्। ‘बुहारीलाई सुत्केरी गराउन निजी अस्पताल लैजाँदा ६० हजार तिर्नुपरेको थियो’,उनले भनिन्,‘यहाँ पैसा तिर्नुपरेको छैन। सबैले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ।’ निकै सुविधा भएको भन्दै अन्जुकी आमा बिना चौधरीले खुसी व्यक्त गरे।

    नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले बताए। सुरुमा नर्मल डेलिभरी सेवामात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनी बताउछन्। ‘अहिले शल्यक्रियाबाट सुत्केरी गराउनु परे पनि बाहिर जानु पर्दैन’, उनले भने, “हामीसँग डाक्टरदेखि चाहिने सबै उपकरण उपलब्ध छन्।’ पहिला यति सेवा लिन महँगो खर्चमा टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। यहाँ जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा छ। उच्च रक्तचाप, मधुमेह, क्षयरोगलगायतका परीक्षण निकै सुलभ मूल्यमा हुने गरेको ल्याब टेक्निसियन प्रकाश यादवले जानकारी दिए। ल्याव सेवा लिन आउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उनको दाबी छ। जिल्लाका सम्पूर्ण पालिकालाई प्रदेश सरकारबाट जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न सहयोग गरिएको थियो।

    उपचारका लागि अन्यत्र जानुपर्ने बिरामले ल्याब परीक्षण गराएर जाने गरेका टेक्निसियन यादवले बताए। ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको उनको भनाई छ। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको औषधी र उपचार सेवा उपलब्ध रहेकाले बिरामीको चाप रहेको अस्पताल स्रोतले जनाएको हो।
    जिल्लामा सदरमुकाम मलङ्गवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ। यसअघि सिएस सेवा लिन धेरै रकम खर्च गरेर वीरगञ्ज, जनकपुर, भरतपुर,काठमाडौँलगायत ठूला सहर धाउनुपर्ने बाध्यता थियो। नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑