• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा प्रशासनले अनुचित लेनदेनसम्बन्धी धेरै मुद्दा टुङ्ग्यायो

  • वीरगंज संजाल
  • २३ चैत्र २०८०, शुक्रबार ११:११
  • ९८९

    वीरगञ्ज । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ ।

    पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताए । “यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैंले लिने गर्थ्यो”, उनले भने, “कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साबाट अघि सम्बोधन गर्दै आएका छौँ ।”

    प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित पाँच सय सात वटा उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी एक हजार छ सय ५३ वटा उजुरी पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको छ । “प्रहरीले पनि अनुचित लेनदेनको मुद्दालाई प्राथमिकतासहित मेलमिलाप गराउँदै आएको छ”, उनले भने, “यस्तो वित्तीय एवं सामाजिक अपराधका विरुद्धमा सक्रिय भई लागिरहेका छौँ ।”

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए । “साहुकरले रु एक लाख ऋण दिएर तीन लाखसम्मको कपाली तमसुक बनाउने गरेको पनि पाइएको छ”, उनले भने, “साहुकरले ऋण दिएको रकमभन्दा दुईदेखि तीन गुणाभन्दा बढी रकम वा जग्गा दृष्टिबन्धक राखेर सामाजिक अपराध गरिरहेका छन् । अहिले हामीले दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिरहेका छौँ ।”

    प्रहरी नायब उपरीक्षक थापाले कतिपय उजुरीकर्ताले दुःख दिने नियतले पनि उजुरी गरेका बताउनुभयो । “कतिपय उजुरीकर्तालाई बारम्बार छलफलको लागि बोलाउँदा पनि नआउने समस्या भएको छ ।” पर्सा जिल्लामा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी एक हजार सात सय ३० छन् ।

    जिल्ला प्रहरी कार्यालयले गत फागुन १ गतेदेखि अनुचित लेनदेनको उजुरी दर्ता गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण भएका एक हजार छ सय ५३ र प्रहरीमा दर्ता भएका दुई सय २७ गरी कूल उजुरी सङ्ख्या एक हजार ८८० पुगेको छ । यीमध्ये प्रहरीले एक सय ६० उजुरी मेलमिलापको माध्यमबाट टुङ्गो लगाएको छ ।

    हाल पर्सा प्रहरीमा कूल उजुरी सङ्ख्या एक हजार सात सय ३० रहेको छ । पर्सा प्रहरीका अनुसार मेलमिलापबाट रु चार करोड ५२ लाख ९५ हजार आठ सय रकमको बिगो टुङ्गो लागेको छ । अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई एक बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्ता गराएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑