वीरगंज । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाबाट शुक्रबार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद गरेको छ।
परीक्षा अनुगमन समितिले ५ सय वटा मोबाइल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय वटा मोबाइल बरामद गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हलबाट मोबाइल बरामद गरेको हो। बरामद गरिएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिहरूको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
आइटी क्रान्ति पश्चात् संसारमा अनलाइन मार्फत कारोबार गर्नेहरूको सङ्ख्यामा बढोत्तरी भइरहे पनि नेपालमा हालसम्म पनि डिजिटल कारोबारले अपेक्षित विस्तार नपाएको औँल्याउँदै उनले डिजिटल कारोबारको पहुँच गाउँ-गाउँसम्म पुर्याउने उद्देशका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको शर्माले बताइन ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनवाइईएफ वीरगञ्जका कार्यसमिति सदस्य मोहित गुप्ताले वित्तीय साक्षरता आजको सबैभन्दा ठूलो आवश्यकता मध्ये एक भएको बताए । आजको युगमा अधिकांश कारोबार डिजिटल प्लेटफर्महरू मार्फत भइरहेको कारण सबैलाई पूर्णरूपमा यस बारे जानकारी हुन् आवश्यक रहेको उनको भनाई थियो । सानो उमेरदेखि वृद्धसम्मलाई वित्तीय साक्षर बनाउन फोन पेले सञ्चालन गरेको कार्यक्रमले ठूलो सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै वीरगञ्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले कलेजका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिदिएकोमा फोन पे नेटवर्क र एनवाइईएफ वीरगञ्ज प्रति आभार प्रकट गरे । कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, एनवाइईएफ वीरगञ्जका कार्यसमिति सदस्य विकास ठाकुर, सुरज रूङ्गटा, हरिओम साह, आशु कुमार सर्राफलगायतको उपस्थिति रहेको थियो ।