वीरगंज । पढन गएका बालबालिकालाई घर निर्माणकाे काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका छन् । सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा रहेकाे श्री राम जानकी इंगलिश बाेर्डिङ स्कुलकाे लापरवाहीले साेही स्कुलकाे कक्षा एलकेजीमा अध्ययनरत ७ बर्षिय विद्यार्थी अनुप गाेढ घाइते भएका हुन् ।
सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी घाइते बालक अनुपकाे बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे एण्ड जेनरल हाेस्पिटलमा उपचार भइरहेकाे छ । गम्भिर घाइते अनुपकाे टाउकाेमा २८ वटा टांका लागेकाे हस्पिटलले जनाएकाे छ ।
स्कुलमा पढन गएका आफ्नाे छाेरालाई सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुनवन निवासी नै विद्यालयकी संचालिका भगवन्ती कलवारले घर निर्माणकाे काममा लगाएपछि फलाममा लडेर घाइते भएकाे चन्दन साह गाेढले वताए । विद्यार्थीको उमेरकाे ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेकाे घरमा ज्यालादारीकाे काममा लगाउँदा आफ्नाे छाेरा घाइते भएकाे उनकाे भनाई छ । उनले कलवारकाे लापरवाहीले विद्यालयमा पढन गएका आफ्नाे छाेरा घाइते भएकाेले कारवाहीकाे माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् ।
विद्यालयकी संचालिका कलवारले निर्माण भइरहेकाे विद्यालय भवनकाे भित्ता खसेर बालक घाइते भएकाे वताइन । उनले कुनै पनि बालबालिकालाई आफुले भवन निर्माणकाे काममा नलगाएकाे वताइन । उनले भवन निर्माण भइरहेकाे ठाउँमा हाेली मनाउन तयारी गरिरहेका ठुला/ठुला विद्यार्थीहरुसंगै गएका अनुप समेत भित्तामा लडेर घाइते भएकाे वताइन । घाइते भएकाे दिनदेखि नै आफुले अनुपकाे उपचार समेत गराउँदै आएकाे विद्यालयकी संचालिक कलवारले जानकारी गराइन ।
पिडितले बुधबार मात्र जाहेरी दिएकाेले घटना बारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।