वीरगंज | आगामी अप्रिल ८ मा अमेरिकाको अधिकांश हिस्साबाट खग्रास सूर्यग्रहण देखिनेछ । सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटनाक्रम हो । तर, यसपटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरुले अनौठो खालको चेतानवी जारी गरेका छन् ।
आमरुपमा ग्रहणलाई नांगो आँखाले हेर्नु हानिकारक मानिन्छ । तर यो पटकको सूर्यग्रहणको प्रभाव भने त्यत्तिमा सीमित हुनेवाला छैन । किनकि अप्रिल ८ मा हुने खग्रास सूर्यग्रहणले सवारी दुर्घटनाहरु समेत निम्त्याउने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।
यसअघि अमेरिकामा सन् २०१७ मा खग्रास सूर्यग्रहण भएको थियो । त्यसलाई ग्रेट अमेरिकन एक्लिप्स अफ २०१७ भनिन्छ । त्यसदिन पनि दिउँसोको समयमा केही समयका लागि सडक दुर्घटनामा तीव्र रुपमा वृद्धि भएको थियो । सोही घटनालाई आधार मान्दै वैज्ञानिकहरुले यो पटकको खग्रास सूर्यग्रहणका बेला पनि सडक दुर्घटना बढ्ने आँकलन गरेका छन् । यस सम्बन्धी रिपोर्ट JAMA Internal Medicine जर्नलमा छापिएको छ ।
टोरेन्टो विश्वविद्यालयका चिकित्साशास्त्रका प्राध्यापक तथा उक्त रिपोर्टका सहलेखक डाक्टर डोनाल्ड रिडेलमियरका अनुसार खग्रास सूर्यग्रहणको एक घण्टाका दौरान दिनको समयमा अचानक सूर्यको प्रकाश कम हुँदा वा अचानक अँध्यारो हुनाले सडक दुर्घटना हुने होइन ।