वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले १५ लाख बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।
अवैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको सामान बरामद गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
उनकाअनुसार १५ लाख मूल्य बराबरको लत्ताकपडा, चकलेट तथा प्याज लगायतका सामग्री बरामद गरिएको हो । बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।