वीरगञ्ज । ‘इन्डियन आईडल’ मा उत्कृष्ट प्रस्तुती दिएर चर्चा बटुलेकी मेनुका पौडेलले वीरगञ्जमा प्रस्तुती दिएकी छिन् । भारतीय महावाणिज्य दूतावास वीरगञ्ज र नेपाल भारत सहयोग मञ्चको सयुँक्त सहकार्यमा आयोजित सांस्कृतिक कार्यक्रममा पौडेलले प्रस्तुती दिएकी हुन् ।
बहुचर्चित गायिका लता मंगेशकर र नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यको बुबाआमाको स्मृतिमा सांगितिक कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष वैद्यले बताए । सांगितिक कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पहिचान कसैले दिएर नबन्ने बताए । आफ्नै मेहनत र क्षमताका आधारमा पहिचान बन्ने बताउँदै उनले निरन्तरता र लगनशिलताले सफलता प्राप्त हुने धारणा राखे ।
गायिका मेनुका पौडेलले आफ्नो पहिचान बनाउन भारतको ईन्डियन आइडल, सारेगामा, नेपालको रेडियो नेपाल, नेपाल आईडल लगायतका प्रतियोगिताबाट आर्जन गरेको पहिचान कसैले मेटेर नमेटिने मेयर सिंहको भनाई छ ।
कार्यक्रममा भारतिय महावाणिज्य दुत देवी सहाय मिना, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले, नेपाल भारत मैत्रीसंघका पवन अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष वैद्यले गायिका पौडेललाई ५१ हजार नगर पुरस्कार प्रदान गरेका थिए ।